आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले “नेपाल दिवस”कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
“विद्यार्थी परिवर्तनका संवाहक हुन्” विश्व राजनीतिको इतिहासलार्इ बुझ्दै जाने हो भने, विद्यार्थीका कारण ठूला राजनीतिक, सामाजिक र अार्थिक परिवर्तनका उदाहरणहरू बनेका छन् । नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहू-सांस्कृतीक रुपमा विश्व विधार्थी दिवस मनाईन्छ ।

संझना गरौं न ति दिन जब हामी विधार्थी थियौं या अझै पनि विधार्थी हुँदाका क्षणहरु , शिक्षक कक्षाकोठामा छिर्ने वित्तिकै गुड मर्निगं या गुड आफ्टरनुन सर या मिस या म्याडम भन्दाको क्षण, हाजिर गर्दा आफ्नो रोल नंबरसँगै “यस सर” या “प्रेजेन्ट सर” या “हाजिर” भन्दाको क्षण, सोधेर अनि अनुमति लिएरमात्र शौचलय या काम विशेषले कक्षाकोठा बाहिर गएको क्षण ।

विधार्थी त हामी अहिलेपनि छौँ, कहिले नयाँ यूगको सामू त कहिले चुनाैतिहरूको अग्ला पहाडहरूको सामू । तर त्यो स्कूले जीवनको एउटा लामो कालखण्डले विद्यार्थीकालिन पलहरू अझ बढी झकझकाउँछ ।

विद्यालयको पोशाक, विहानै राष्ट्रगान गाउँदै एसेम्वली गर्दाको क्षण मन भित्रैदेखि सुनगाभा फूलेझै भइदिन्छ । आज तपाई हामी सबैको विशेष दिन अर्थात आज विश्व विधार्थी दिवस् ।

जीवन धेरै अध्याय अनि ज्ञानहरुले भरिएको छ, कहिले गुरु हुने त कहिले विधार्थी यो प्रकृतिको नियम हो तर विद्यार्थी हुँदाका क्षण र त्यतीबेला सिकेको अनुशासन र नैतिक शिक्षाका ज्ञान कलाले हाम्रो जीवनमा धेरै प्रभाव पार्दछ । तथ्याङ्क नै हेर्ने हो भने पनि आजको मितीमा सैयौंको संख्यामा नेपाली विद्यार्थीहरु दैनिकरुपमा विदेशमा अध्ययन गर्न जाने गर्दछन् ।

उनीहरुको हक अधिकार अनि परदेशी पृष्ठभुमीलार्इ सहजपार्नकालागि ति अनेक शिक्षा गन्तव्यका देशहरू अनि यससंग सम्बन्धित अन्तराष्ट्रिय समूदायले धेरै काम गर्नुपर्ने देखिन्छ । यस तर्फ देशभित्रका सम्बन्धित निकायहरुको ध्यान जाओस् ।

स्कूले जीवन र कलेजको जीवनको विद्यार्थी हुनुमा धेरै फरक छ । कलेजको जीवनका विद्यार्थीहरू स्कूले विद्यार्थीहरूभन्दा तुलनात्मक रुपमा अलि बढि स्वतन्त्र हुन्छन् । आजभोलीको शिक्षा पद्यतिमा शिक्षक शिक्षिकाभन्दा पनि सहजकर्ता या सुझावकर्ताजस्ता विशेषणहरु प्रयोग गर्न थालिएको छ ।

वास्तवमा विद्यार्थी परिवेश कालखण्ड अनुसार परिवर्तन हुँदै गएको छ । गुरु द्रोणाचार्यको गुरुकुल शिक्षादेखि गुरुकुलको शिक्षण पद्धति हुँदै आजका दिनसम्मको विद्यार्थीको दिनचर्या अनि पद्धती फरक भइसकेको छ । जे जस्तो भएपनि अनुशासनमा बसेर अनि गुरुहरुको सम्मान गर्दै शिक्षा आर्जन गर्नु नै विद्यार्थीको मूलभुत धर्म हो ।

वृहत रुपमा जीवनका तथ्यहरुलाई आत्मसाथ गर्ने हो भने हामी सबैजना विद्यार्थी हौं । मानवमा हरेकपल केही नयाँ सिक्ने र गर्ने चाहना हुन जरुरी छ र यहि चाहनाले उसलार्इ विश्व समूदायले ग्रहण गरीरहेको नयाँ विचार, अनुसन्धानका तथ्य, तथ्याङ्क, प्रयोग तथा अनेक विषयवस्तु विधा आर्जनको लोभले विद्यार्थी बनाइरहन्छ ।

आजको यो दिन अर्थात् नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लीकका विभिन्न विश्वविधालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या अनि गिरफ्तारी गरेको तथा सन् १९८९ मा भएको परिवर्तनमा सामेत विद्यार्थीको शहादतको सन्दर्भलार्इ भावनात्मक रूपमा सम्मान गर्न सम्झिने गरिन्छ ।

ति विद्यार्थीहरु र उनिहरुको मृतआत्माको चिर शान्तिको कामना हो विद्यार्थी दिवस् । नेपालमा पनि विभिन्न चरणमाभएका आन्दोलन अनि परिवर्तनकारी कदमहरुमा विद्यार्थीहरुको सहभागीता अत्यन्त महत्वूर्ण छ चाहे त्यो वि.सं. ७ साल होस्, ४६ साल होस् या ६२-६३ को जनआन्दोलन नै किन नहोस ? देशका ठूलाठूला राजनेताहरुले विद्यार्थीकालदेखि नै विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनितीका गुणहरू सिकेका हुन् ।

विधार्थी राजनितीको राम्रा र नराम्रा पक्षहरु दुवै छन्, शिक्षा आर्जन स्वतन्त्र, निष्पक्ष अनि तठस्त रहन जरुरी छ यहि तठस्ततासँगै आज हामीसबैलाई विधार्थी दिवसको शुभकामना !

वृश्चिक संक्रान्ति नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

यसपाला नेपालमा भनें जाडो छिटै नै शुरु भयो । तिहार सकिँदा नसकिँदै सिरेटोले छेक्न थालिसकेको थियो हैन र ?

यस्तै त हो मौसम, कहिले छिटो त कहिले ढिलो आफ्नो धारमा बहन्छ, त्यस्तै बहन्छन हाम्रा सनातन पर्व अनि उत्सवहरु । दिनहरु क्रमशः छोटा अनि रात लामा हुदैँछन् ।

छिटै साँझ पर्ने अनि ढिलोगरी विहान हुन थालेको छ । चिसो सिरेटोले घरिघरि जिउमा काँडा उमार्छ, विहानै शितहरुले जमिन भिज्न थालिसक्यो, तोरीका साग, वन्दा काउली, टमाटर अनि इस्कुश जस्ता तरकारीहरु तरकारी बारी या बजारमा प्रसस्तै छन् होला ।

विहान हिँड्दा आफ्नो मुखवाट निस्किएको वाफ हिंड्दा हिंड्दै, बोल्दा बोल्दै प्रष्टै देखिन थालिसक्यो । जाडो माैसमको पहिलो उपचार न्याना लूगाफाटा जस्तैः टोपी, पञ्जा, मोजा, ज्याकेटहरु टक्टक्याएर दुरूस्त राख्ने बेला यहि हो ।

अाजबाट मंसिर लाग्यो है, यो मंसिर महिना एकदमै रोचक महिना हो, चिसो सिरेटोले मायालू अाभाष गराउने बेला हो । यस्तो माैसमले साहित्यकार, गीतकार, संगीतकारलार्इ पनि मज्जैले बेरेको पाइन्छ र त कोरिएक छन् लोकप्रिय गीतहरू, विशेषगरि जाडो अनि विवाहका बारेमा मंसिर महिना चर्चित छ ।

“मंसिरमा जाडो छ, वैशाखमा ल्याउला” तथा “कान्छीलाई भित्राउने यहि आउने मंसिरमा” जस्ता गीतहरु हामीले सुनिआएका छौं । यो महिना विवाह, व्रतवन्ध अनि अन्य शुभकार्यका साईतले भरिपूर्ण हुनेगर्दछ, कपडा पसल या सुन पसलहरुमा चाप देखिन्छ, बाटोघाटोमा विवाहका गाडी अनि जन्तको हर्षोल्लासपूर्ण सहभागीता, गीत सहितका वैण्ड तथा पञ्चेा बाजाको ध्वनीले चिसोलार्इ तत्कालै तताउन कुनै असर छाड्दैन ।

ल है! तपाईको विवाह भएको छैन भने यो महिना तपाईकालागि उत्तम हुनसक्छ, लगनगाँठो कस्नलाई समय र सन्दर्भ भन्दापनि लगन र साईत जुर्नपर्छ । मसिंर महिना वैदिक सनातन हिन्दूहरूकोलागि शुभसाईतको राजा महिना हो ।

आजबाट सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ, तसर्थ आजको दिनलाई बृश्चिक संक्रान्ति पनि भन्ने गरिन्छ । हिन्दु पात्रो या क्यालेन्डरमा कुल १२ वटा महिनाका १२ वटै संक्रान्तिहरु हुन्छन् र आजको दिन यो वर्षको आठौँ सक्रान्ति हो ।

आजको दिनलाई कृषी कार्यकालागि विशेष मानिन्छ । किनकि साउनको मिहिनेतको फल अर्थात् रोपाईं अब भित्राउने बेला पनि भयो । पहेँला लहलहाउँदा धानका बाला हरु कतिले त काटेर घरमा भित्र्याइसक्नुभयो होला या भित्र्याउने तयारीमा हुनुहुन्छ होला! यसपालीको वाली राम्रो होस्, भकारी भरियोस, खान पुगोस् अनि दिन पुगोस् ।

सबैभन्दा महत्वपूर्ण कुरो विदेशबाट ठूलो धनराशी खर्चगरी अनावश्यक अन्न, दालहिन खाद्यान्न अायात गर्नुनपरोस्।

नयाँ धानको चिउरा कुटेर, खेतमा पूजाआजागर्ने, दाउनी गरेका ठाँउमा भुमीपाथी पूजागर्ने चढाउने कार्य अाजको विशेषता हो । छोरीचेलीहरुलाई भुमीपाथीकारुपमा धान दिने चलन पनि छ । नयाँ धानको चिउरा उति सेतो नहुन पनि सक्छ तर त्यो चिउरा असाध्यै खँदिलो र स्वादिष्ट हुन्छ ।

अर्कोतर्फ आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले “नेपाल दिवस”कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ ।

तयार रहनुहोस, विवाहका निम्तोहरु प्रशस्तै आउने छन् यो महिनामा । जन्तमा समावेश भएर जाने विवाह होस् या गोडा धोएर गोडधूवा दिने पक्षमा सामेल हुने विवाह होस्, अवश्य जानुहोला, खुशियाली साट्नुहोला ।

हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा वसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भनेँ पनि नेपालको सिरेटो, स्याँठ, विहानझर्ने शित, मौलाएको दुबोको पालुवाहरु अनि बारीमा रोपिएका आलुका ड्याङ्ग, पिडालुका गाभा, घ्यू सिमीका लहराहरु अनि भर्खरै धान काटेर रोपिएका गहुँवारी, कोदाका बाला अनि मसुरोकादालका आलीहरुले तपाँईहरुलाई संबोधन गर्दै छन् । सबैलाई शुभकामना, सबैको यो महिनाले श्रीवृद्धि गरोस्, जय होस् !

हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।