बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए ।

तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै देखियो ।

सेतो पहिरनमा निकै नै हट बनेर पुगेकी मलाइकाले माहोल नै आफूतिर खिचेकी थिइन् ।

मलाइका अरोरा खानको हट अवतार र उनको पहिरनको अहिले सामाजिक संजालमा समेत खुबै प्रशंसा भैरहेको छ ।

अवार्ड समारोहमा नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायतका बलिउडकर्मी उपस्थित थिए ।

फिचर oline khabar