पाँचथरमा संक्रमितको संख्या २५ सय नाघ्यो

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २६ जनाको एण्टिजेन परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार ५ सय १४ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार २ सय ११ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा ६ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

संक्रमित मध्ये २ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार