आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाको टिमलाई

नयाँ कुरो समाचार ।।

पाँचथर । आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ।

नेपाल तरुण दलको ७४ औं स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आयोजित प्रतियोगितामा कुम्मायक गाउँपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।

फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका, पाँचथरलाई १–० गोलअन्तरले पराजित गरेको हो। कुम्मायक गाउँपालिकाका सुदिप लावतीले गरेको गोल नै निर्णायक बन्यो ।

उपाधिसँगै कुम्मायकले नगद रु. १ लाख १ सय ७३ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता हिलिहाङ गाउँपालिकाले रु. ५१ हजार १ सय ७३ मा चित्त बुझाएको छ।

आठौं तरुण गोल्डकपमा पाँचथरका आठवटै स्थानीय तहका टिमबीच प्रतिस्पर्धा भएको थियो।

फिदिम माविको खेलमैदानमा कार्तिक १० देखी १३ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

 २०७३ सालदेखि नेपाल तरुण दलको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष पाँचथरको फिदिममा तरुण गोल्डकप प्रतियोगिताको आयोजना हुँदै आएको तरुणदल पाँचथरका अध्यक्ष सुमनलामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार