अझै घटेन जोखिम, दैनिक परिक्षणको ५० प्रतिशत भन्दा धेरैमा कोरोना देखिदै

नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा कोरोना संक्रमणको जोखिम अझै कम हुन सकेको छैन् ।

पछिल्लो समय परिक्षणको आधारमा संक्रमितको संख्या उकालो लागिरहेको पाइएको छ ।

हिजोमात्रै ३४ जनाको एण्टिजेन परिक्षणमा २४ जनामा संक्रमण पुष्टी भएको थियो ।

यस्तै २३ गते PCR परिक्षणको लागि संकलन गरिएको स्वावको नतिजा आज आउदा ४७ मध्ये २६ जनामा संक्रमण पुष्टि भएको छ ।

आर्थिक वर्ष सकिन लाग्दा बढेको चहल पहल र लकडाउन प्रभावकारी बन्न नसक्दा लकडाउन सुरुभएको २ महिना पुग्दा समेत कोरोना संक्रमणको दरमा कमी आउन नसकेको सरोकारवालाले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार