प्रिय योङहाङ ।। बुद्धिमान तामाङको आवाजमा “मिलुङ झरनाको शिर” बोलको गीत सार्वजनिक भएको छ । योगेन्द्र योङहाङको शब्दमा तयार भएको गीत बुधबार सार्वजनिक भएको हो । अमर राईको संगीत रहेको यस गीत रणदिप भुजेलले एरेन्ज गरेका हुन् । उक्त गीत मलेशियामा रेकर्डिङ गरिएको हो ।

पाँचथर जिल्ला हिलिहाङ गाँउपालिका ३ र ४ को पुच्छर सिमानामा रहेको निकै आर्कषक तथा मनोमोहक देखिने याे झरनाले झरना पछिल्लो समयमा निकै चर्चा पाए संगै पर्यटकीय आकर्षणको केन्द्रविन्दु बन्दै गएको हुनाले यस झरनाको थप प्रचारप्रसारमा सहयोग गरि आन्तिरिक तथा वाह्य पर्यटकहरु भित्र्याई पर्यटन व्यावसायलाई प्रबद्र्धन गर्ने उदेश्यले झरना तथा हिलिहाङको सेरोफेरोमा गीत तयार पारिएको गायक बुद्धिमान तामाङले बताउनु भयो । यस्तो छ भिडियो