प्रारम्भः स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रहने एक प्रकारको भाइरसको संक्रमणवाट उत्पन्न हुने महामारीलाई Covid-19 कोरोना भाइरस भनिन्छ । मानिसहरूमा यसले श्वास प्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स, Covid-19 जस्ता प्राणघातक पनि हुन सक्छ । यो महामारी तुरुन्तै देखा नपरी १४ दिन भित्रमा देखा पर्न सक्दछ ।
मानिसहरूमा कोरोना भाइसरस सर्वप्रथम सन् १९६० मा पनि देखिएको थियो । सन् २००२ मा कोरोना भाइरसले फैलाएको महामारीकै कारण चीनमा ७ सय ७४ जनाको ज्यान गएको थियो । ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम’ (सार्स) नामक श्वासप्रश्वासको रोगका कारण यतिका व्यक्तिले ज्यान गुमाएका थिए । सार्स पनि कोरोना भाइरसकै कारण लाग्ने रोग हो ।
त्यस्तै सन् २०१२ मा साउदी अरेयिबा बाट शुरु भएको ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम’ नामक महामारीले साउदी सँगसँगै मध्यपूर्वी अफ्रिका, एसिया र यूरोपका देशहरुमा ८ सय ५८ जना व्यक्तिको ज्यान लिएको थियो । सन् २०१५ मा कोरियामा पनि सोही महामारीको प्रकोप देखियो ।
विषय प्रवेशः त्यसपश्चात् भने यस्तो महामारी देखिएको थिएन । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन । कैयौ देशका वैज्ञानिकहरु औषधि पता लगाउँनको लागि कृयाशिल भने नभएको होइन तर दुर्भाग्य वश सफल हुन भने सकि रहेका छैनन् ।
चिनको वुहान शहरवाट २०१९ डिसेम्वर अन्त्य तिर फैलिएको Covid-19 कोरोना भाइरसले विश्नै आक्रान्त र जोखिम वनाएको छ । यस भाइरसको संक्रमणवाट चिनको वुहान शहरको सन २०२० को जनवरी ५ तारिकमा पहिलो व्यतिको मृत्यु भएको थियो ।
नेपालमा भने यो भाइरस चीनको वुहानमा अध्ययनरत विद्यार्थी नेपालमा फर्के पछि जनवरी ९, २०२० मा देखा परेको थियो । महामारीको संक्रमणा शुरुमा चिन हुन्दै इरान, इराक, दक्षिण, कोरिया, टर्की, इटाली, स्पेन र अमेरिकालाइ महामारीको आक्रमण केन्द्रको रुपमा विकास भइ रहेको छ । यो महामारी श्वासप्रश्वास प्रकृयावाट एक अर्कामा सजिल्लै सर्ने रोग हो ।
नेपाल पनि एक अरव ज्यादा जनसंख्या भएको देशरहरु चिन र भारतको विचमा रहेकोले गर्दा अतिनै उच्च जोखिम युक्त मुलुकको सुचिमा विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार रहेको छ । भलाइ होस नेपाल अहिले सम्म महामारीको उच्च जोखिमको सुचिमा परेको छैन ।
कामना गरौँ, त्यस्तो अवस्था आउँदै नआओस् । यदि त्यस्तो भएको भए के हुन्थ्यो होला भनेर वर्तमान सरकारको काम गराइबाट सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल सरकारले लकडाउन शुरु गरेको पनि दुइ हप्ता भयो र अहिले सम्म Covid-19 कोरोना भाइरस पोजिटिभ देखा पर्ने संख्या भने विस्तारै वृद्धि भइ रहेकै छ । अहिलेको यो सुचकलाई विश्लेषण गर्दा नेपालमा पनि महामारीको रुपमा परिणत नहोला भन्न सकिन्न त्यसैले गर्दा सरकार सरकोकारवला निकाय र आम नागरिकहरु चुप्प लागेर वस्नु पर्ने अवस्था तथा विश्राम लिने अवस्था भने विल्कुल छैन । नेपालको Covid-19 कोरोना भाइरस संक्रमित नेपालको संक्रमित संख्या ४ अप्रिल सन २०२० सम्मको ९ जना पुगेका छन् ।
यस्को साथै दोश्रो रचणमा प्रवेश गरेको पाइन्छ किनकी ८ जना भने वाह्य देशमानै संक्रमित भइ आएका हुन् भने १ जना नेपालमानै उनीहरुवाट सरेकोले जोखिम वडेको श्वास्थ्य विभागको प्रतिवेदन समेत वाहिर आएको छ ।
नेपाल सरकारले Covid-19 कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धमा गरेको सवभन्दा प्रभावकारी कार्य भनेको लकडाउन मात्र हो । राज्य भनेको सवैको अभिभावकत्व भुमिका निर्वाह गर्ने हो तर राष्ट्रपतिको सम्वोधन् केवल सरकारको प्रशंसामा मात्र केन्द्रित हुनुलाई विद्धत वर्गको लागि राष्ट्रपति पनि सरकारको प्रवक्ताको रुपमा प्रस्तुत भएको देखियो ।
सवै पक्ष र आम नागरिकहरुले सरकारलाई साथ र सहयेग पनि गर्दै आइरहेकै छन् । नेपाल सरकारको लकडाउनको उल्लङघन सामान्य छिटफुट वाहेक शुरु देखिनै अपेक्षाकृत रुपमा सहयोगनै गरी रहेको पाइन्छ । सरकारलाई सवै पक्ष र सरोकारवलाहरुको साथ सहयोगनै छ । त्यसमा पनि विपक्षि दल नेपाली काँग्रेसको पुर्ण साथ सहयोग रहेको प्रवक्ता विश्व प्रकाश शर्मा मार्फत उदघोष् भइरकै छ ।
आम नेपाली नागरीकहरुको तर्फवाट पनि रचनात्मक साथ सहयोगनै रहेको छ । सवै क्षेत्र तथा वर्ग पनि सचेत र सम्वेदनशिल रहेकै छन् ।
सरकारको गिद्धे दृष्टिः सरकारले महामारी नियन्त्रण गर्नको लागि सार्वजनिक बोलपत्र आब्हान गरेकोमा १९ वटा अनुभवि कम्पनीहरुले कोटेशन वुझाएका थिए । ती सबै कोटेशनहरुलाई पाखा लगाएर अनुभव नै नभएको स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनल कम्पनीसँग ठाडो आदेशका भरमा चैनाबाट स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का दिइएको थियो ।
त्यसको लगत्तै कम्पनीसँग मन्त्री र सल्लाहकारहरुका आफन्तहरु जोडिएका समाचारहरु प्रकाशित हुनु, आर्थिक अनियमितता, आर्थिक चलखेल र महँगो भएको जस्ता समाचारहरु लगतार प्रशारण र प्रकाशन भएको कारणले सरकारले उपकरण सामाग्री खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
यस्तो महामारीमा पनि त्यस प्रकारको भ्रष्टाचार गरिएको हो भने यो त नागरिकको जीवनमाथि गरिएको खेलवाड मात्र नभई अक्षम्य अपराध हो । मातृभूमि प्रतिकै बेइमानी र नागरीकहरु माथिको अन्याय हो । आम नागरीकबाट धनकारीले धन र मनकारीले सयोग गर्ने समयमा पनि सरकार आर्थिक चलखेलमा लाग्नु दुर्भाग्य हो । सरकार र तालुक्दार मन्त्रिहरुको नैतिक्ताले एक मिनेट पनि नेपाली नागरीकहरु माथि शासन गर्ने अधिकार छैन ।
अझ प्रधानमन्त्रीका सल्लाहकारले मिडियाको वेबसाइट हृयाक गरी समचारहरु हटाउनु, नेपाल वायुसेवाको जहाज भुक्तानी नदिई उडाउनु जस्ता थुप्रै कुराहरुले आशंका बढाएका छन् । जवाफदेहिता, पारदर्शिता र प्रभावकारिता लोकतन्त्रका आधारभूत मुल्य र मान्यता हुन् भने प्रत्येक नागरिकको सुरक्षा एवं हितको प्राथमिकता लोकतान्त्रिक सरकारको कर्तव्य हो । लोकतान्त्रिक संविधानले निर्दिष्ट गरेको पद्दतिबाट गठित यो सरकार भएकोले लोकतान्त्रिक आचरण पूर्ण रुपमा पालना गर्नैपर्छ ।
स्वास्थ्य सामग्री आयात प्रकरणमा नराम्रोसँग मुछिए पछि हटेको सरकारले यो काम सेनालाई पुन सुम्पने कार्यले झनै सरकार असक्षम भन्ने सावित भएको छ । ऐन, कानूनहरुले व्यवस्था गरेको प्रक्रियालाई थाती राखेर सेनालाई दिनु पर्ने कारण भ्रष्टाचार लुकाउने नियत र सरकारको नालायकीपन मात्र हो ।
सरकार यो निर्णयमा पुग्नुले सरकारको अक्षमतालाई त उजागर गरेकै छ, लोकतान्त्रिक व्यवस्थामा अनावश्यक कार्यहरुमा समेत सेनालाई अग्रसर गराउने परिपाटी आरम्भ गर्न खोजिनुले अलोकतान्त्रिक प्रकृया तर्फ सरकार उन्मुख भएको एक ज्वलन्त प्रमाण हो ।
अन्त्यमाः यस्मा एक कथाको प्रसँग जोड्न चाहन्छु । सरकार र मुर्दाकर बुडाको कथा । एक जना मुर्दाकर बुडा थिए र उ मानिस मर्योकी कर उठाउन पुगि हाल्थे । अनि कर नतिरी लास उठ्ठाउँन दिदैनथे । मानिसहरुलाइ अति हैरानी पार्थे र वाक्क भएका थिए । उ पनि एक दिन मर्ने वेला भयो । उस्का ३ भाइ छोरा थिए र छोराहरुलाई भन्यो मइले जीवनमा असल र जाती काम गरीन त्यसैले म मरे पछि असल र जाती बनाइ देउ है भनेछ ।
बाबुको मृत्यु पश्चात मुर्दाकर उठाउने जिम्मेवारी छोराहरुले पाए । कसरी बाबुलाइ असल र जाती बनाउने भन्ने सोँचमा थिए । संयोगले एक दिन गाँउमा ३ वटा लास पर्यो सुन्न साथ ३ भाइ तीनतिर दगुरे । लास वाँधछाँद गरीएको थियो मुर्दाकर नतिरी कसैलाइ पनि लास घाट लैजान दिएनन । फेरी पनि गाउँमा त्यसै गरी रहे । गाउँलेहरु आजित भएर यी दुष्ट छोराहरु भन्दा त बुडानै असल थिए भन्न थाले ।
त्यस्तै यो भन्दा पहिले धेरै पट्टक नेपाली काँग्रेसलाई नेपाली जन्ताहरुले सता र सरकारमा पुर्याएका थिए । वर्तमान सरकारकार दुइ अलग अलग पार्टीमा विभक्त थियो । यानेकी नेकपा एमाले र नेकपा माओवादी २०७४ को आम निर्वाचनमा एकिकृत भए । निर्वाचनमा नेपाली कँग्रेस भन्दा जनमुखि र राष्ट्रवादी मुद्दाहरु उठाए ।
वर्तमान सरकार गठ्ठन भएको लगभग २६ महिना भयो अहिले सम्म नेपाली काँग्रेसले गरेको कामहरुलाई निरन्तर्ता दिने बाहेक नयाँ र राम्रो काम गरेको एउटा पनि जन्ताहरु वताउन सक्दैनन । सरकारको हरेक क्षेत्र र कार्यमा गिद्धे दृष्टि वाहेक अरु केहि नभएको जन्ताहरुको बुझाइ रहेको छ । त्यसैले नेकपाको सरकार भन्दा त नेपाली काँग्रेसको सरकारनै जनमुखि, विकास मुखि र पार्दशी भएको जनताहरुले भन्न थालेका छन् ।
लेखकः नन्द कुमार नेम्वाङ (फाल्गुनन्द ५ पाँचथर प्रदेश नम्वर १) Email: nandanembang@gmail.com