अलविदा “लिला दाइ” !

खविन लुइटेल ।। श्रीमतीको “डेट” पनी नजिकिदै छ, कोरोनाका काँरण वडामा रहेका दैनिक ज्याला र मजदुरी गर्नेहरुको चुल्हो बल्न छाड्लाकी जस्तो भैसक्यो, अब अलिक ठिक भएँ पहिले वडामा फर्किन्छु आफ्नो जिम्मेवारी पुरा गर्छ र १,२ महिना पछि थप उपचारको लागी जान्छु भन्दै नागरिकको जिम्मेवारी बोक्न फर्किएका वडाध्यक्ष कहिल्यै नफर्किने गरि अस्ताए ,,,

दिनको झण्डै ३ बजेको थियो, नेपाल पत्रकार महासंघ पाँचथर शाखाको फेसबुक ग्रुपमा लिलाको अवस्था के हो भन्ने म्यासेज आयो ? सिरियस भएर लिनको लागि हेलिकप्टर आउदै छ अरे भन्ने सुचना प्राप्त भएपछी मात्रै पछिल्लो विरामको अवस्था थाहा पाएको थिए । तत्लकालै समर्पित अस्पतालको टिम संग सम्पर्क गरेर थप जानकारी लिएको थिए ।

धरानबाट उपचार गरेर काममा फर्किएको जानकारी गराउदै आफ्नो स्वास्थ प्रति चासो र चिन्ता ब्यक्त गर्ने सबैलाइ धन्यवाद भनेका एक आसलाग्दा युवा नेताले यति चाँडै छाडेर जालान भन्ने कसैले सोच्न समेत सकेको थिएन ।

अपरान्न हेलिकप्टर फिदिमको खेलमैदानमा अवतरण भएर लिलालाइ बोकेर उड्यो, थुप्रै मनहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका थिए । यता पाँचथर जिल्ला अस्पतालमा मेरी आफ्नी भाउजुको समेत छोरी जन्मिएकोले अघिल्लै रात देखी अस्पताल आवत जावत बाक्लो थियो ।

हेलिकप्टर उडेको केही घण्टा भित्र लिला दाइकी श्रीमती समेत छेउकै वेडमा भर्ना हुनुभयो, उहाँको आत्म विश्वासले बताइरहेको थियो उपचारका लागि गएका श्रीमान आफ्नो सन्तानको मुख हेर्न चाँडै फर्किने छन् । भोलीपल्ट विहान जिल्ला अस्पताल पाँचथरमा बुझ्दा लिलाकी छोरी जन्मिइन् ।

तर झापाको विएण्ड सी अस्पतालमा बुझ्दा खबर सुखद थिएन, बेचैनी बढिरह्यो लगातार अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरि संग सम्पर्क भैरह्यो, चिकित्सकहरुले गरिरहेको उपचार र लिलाको स्वास्थ्य अबस्था बारे बुझ्न प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री सहितको टिम बिहानै देखी अस्पताल पुगेको र जिसस पाँचथरका सभापती विष्णु सापकोटा तथा नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतको टोली समेत त्यसको केही घण्टा पछी अस्पताल पुगेको खबरले केही आशा र थुप्रै अन्यौलता कायमै राख्यो, त्यस पश्चात मन्त्री ज्यूका स्वकिय सचिव “पुजन दाइ” संगको सम्पर्क बाक्लियो, जति सम्पर्क गरे पनी खबर सुखद थिएन, चिकित्सकीय प्रणालीको उपचार असम्भव भैसकेको केवल भगवान संगको प्रार्थना मात्रै बाँकी रहेको जस्ता खबरहरुले एउटा अकल्पनिय घटनालाइ संकेत गरिसकेको थियो ।

नभन्दै त्यसको केही बेरमा अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरिको फोनले उक्त कुरालाइ पुष्टि ग¥यो, अब लिला दाइ भौतिक रुपमा रहनुभएन् ।

मनमा थुप्रै कुराहरु खेले यो कस्तो संयोग, आजै छोरी जन्मिनु पर्ने, आजै बाबुको मृत्यु !

२ सन्तानले आफ्नो अभिभावक गुमाए , एक श्रीमतीले आफ्नो श्रीमान गुमाइन, आमाले छोरो गुमाइन, तर त्यो भन्दा धेरै संकटको बेला वडाबासीले अभिभावक गुमाए, देसले एउटा होनाहार युवा नेता गुमायो,


आफ्नो स्वास्थ्य भन्दा आफ्नो वडा बासी प्रतिको जिम्मेवारीलाइ बढि महत्व दिएकै काँरण तपाँइ कहिल्यै नफर्किने गरि अस्ताउनुभयो, मैले चिकित्सकहरु संग गरेको कुराकानीले समेत यो कुरालाइ पुष्टि गर्दछ, घोपाबाट सिधै भरतपुर या काठमाण्डौ (चिकित्सक को सल्लाह बमोजिम) गएको भए तपाँइको फेसबुकमा केही ढिलो स्वास्थ्य भएको खबर पढ्न पाइन्थ्यो होला तर तपाँइका सन्तान र वडाबासीले थुप्रै लामो समय सम्म अभिभावक पाइरहन्थे कि ? अलविदा लिला दाइ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार