
पाँचथर ०४ फाल्गुण ।। हजुरबा पर्ने ब्यक्तिबाट बर्षौ देखि यौन हिंसामा परेकी युवतीको गत पुस तेश्रो साता देखी गाउँबाट उद्धार गरी सदरमुकाम फिदिम ल्याइएको थियो । पीडित युवतीले गत पुष २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् ।
केही स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई एक महिनादेखि महिला सेवा केन्द्रमा राखिएको थियो । युवतीले सम्बन्धले हजुरबा पर्ने जिल्लाको याङवरक–३ का एक ब्यक्त्तीले १४ वर्षको उमेरदेखि यौन हिंसा गर्दै आएको वताएकी छन् ।
आफ्नो परिवार आर्थिक रुपले अति कमजोर रहेका कारण योङ्याको परिवारमा आश्रित भई जिविकोपार्जन गर्नुपर्दा दुब्र्यवहार सार्वजनिक गर्न नसकेको पीडितको भनाई छ । भिडियोमा हेर्नुहोस उनको पिडा