गृहिणी भएकाले शनिवार मेरा लागि विशेष हुने गर्छन । हाट बजार जानु,तरकारी किन्नु,घर आएर भान्छाको काम गर्नु त्यसपछि लत्ताकपडा धुनु र घरको हेरचाह गर्नु आदी आदीले शनिवार व्यस्तातमै बित्ने गर्छन । यसै सन्दर्भमा माघ दोस्रो साताको शनिवारे सबै काम सकेर छोरीको प्रश्ताव अनुसार स– परिवार बजारको एउटा रेष्टुरेन्टमा खाना खान निस्कियौं । 

बजारमा निक्कै चलेको त्यो रेष्टुरेन्ट पुग्दा अपरान्ह चार बजेको हुँदो हो । प्रायः टेबुल प्याक भइसकेका रहेछन । कुनामा खाली रहेको एउटा मात्रै टेबुल त्यँहि बसेर मेनु हेर्दै खानेकुरा मगाएर खान थाल्यौं । निक्कै लामो समय पश्चात स–परिवार बाहिर निस्केकाले होला निक्कै फुर्सदिला भएको भान भइरहेको थियो । 

फाट्टफुट् गर्दै वल्लो पल्लो टेवुलमा बसेकाहरु उठ्ने र नयाँ आउने क्रम चलिरह्यो । करिब तीनघण्टा पछि अव घर जानु पर्छ भन्दै उहाँ पैसा तिर्न काउण्टर तिर लाग्नुभयो ।

म छोरी लिएर उठ्न लाग्दा पल्लो टेवुलमा परिचित जस्तो अनुहारले मलाइ राम्ररी नियालिरहेझैं गर्दै मुस्कुरायो ।

हट्टाकट्टा शरिर निक्कै सालिन देखिने ती व्यक्तिले परिचित जस्तो हाउभाउ देखाउनासाथ प्रायः हाँसेरै बोल्ने बानी परेकी मैंले पनि चिने जस्तै गरेर मुसुक्कै हाँसिदिँए, यत्तिकैमा काउण्टरमा पैसा तिरेर बाहिर निस्कनु भएका श्रीमानले मोटर साइकल स्टार्ट गर्न लाग्नुभयो म पनि नानीको हात समातेर उनलाई हेर्दै चिनेँझै लाग्यो विर्सिँए कि ? भन्दै बाहिरिन लागेँ ।  

ढोकामा पुग्दा मलाई पनि त्यस्तै लाग्यो भन्ने आवाज आयो ‘उहाँ हतार गर्दै हुनुहुन्छ हामी लाग्यौ है’ भन्दै  निस्किँए अनि मोटरसाइकल पछाडी  बसेर घरतिर लाग्यौं । केहि अगाडी बढेपछि चिनजानको मान्छे थियो कि कसो निक्कै समय लगायौ नि ? भनेर गफगाफ शुरु गर्नुभयो । खोइ चिनेजस्तो लाग्यो उस्ले पनि हाँसेर वोलाउन खोज्यो तर ठम्याउनै सकिँन भनेर जवाफ दिँए ।

‘ कतै भुपु मायालु त थिएन ?’ भनेर जिस्क्याउन थाल्नुभयो । हैट छिटो अगाडी बढ्नु न मलाइ मात्रै कत्ति जिस्क्याउन सक्नु भा सधैं यसै गर्नुहुन्छ मेरो जवाफ थियो ।

प्रायः हामी बिच यस्तो रेलाठट्टा भइरहन्छ । अनि एकले अर्काको दिनचर्या प्रति त्यत्ति धेरै चासो पनि गर्दैनौं । उहाँ नजानिदो तरिकाले मलाई जिस्क्याउने र घोचपेच गरिरहनुहुन्छ । मौका परे चौका हान्न म पनि पछि पर्दिन । रेला ठट्टा जति हुन्छन एक अर्काको सामुन्ने नै हुन्छन । म साँझ र विहान एक पटक समाजिक सञ्जाल र चलेका अनलाइन न्युज पोर्टलहरु भ्याएसम्म हेर्ने कोशिस गर्छु ।

उहाँ प्रायः कम्प्युटरमा आफ्नै काममा व्यस्त रहुनुहुन्छ । त्यो साँझ बाहिर बाटै खाना खाएर आएकाले त्यत्ति चटारो थिएन । समाचार पोर्टलहरु हेरेर फेसवुक खोल्दा केहि नया रिक्वेष्ट देख्छु । अनि चिनेजानेकालाई साथीको लिष्टमा थप्दै साथीभाइसँग च्याटमा कुराकानी हुन थाल्छ । त्यहि बखत अर्को एउटा रिक्वेष्ट आँउछ ।

म्युचल फ्रेण्ड हेर्दा सबै आफन्त र साथीभाइ देख्नासाथ एक्सेप्ट गरँे । केहिबेर पछि नमस्कार भन्दै म्यासेज आयो मैले केहि उत्तर दिँइन । फेरी नचिन्या हो ? म अघि रेष्टुरेन्टमा बोलेको मान्छे हो ? ए हो मलाई चिने जस्तो चाँहि लाग्यो अघि समय मिलेन अव चिनाजानी गरौं न त । यो जवाफ फर्काउन नपाँउँदै फेरि उत्तर आयो हैट कत्ति ठुलो हुनसक्या म त तिमीलाई सानैदेखि राम्ररी चिन्छु ।

आजकल झनै राम्री भइछौं, शरिर कत्ति मिलेको, दन्त लहर उत्तिकै मिलेका कत्ति राम्री छौ है तिमी ? यी र यस्ता अनेकन प्रसंसा सहितका जवाफ त्यहि एकाउण्टबाट आइरहन्छन । अझै अव चिन्यौ तिमीले मलाई ?? बिहे गरेपछि ठुलो मान्छे भएछौ है साथीभाई सबैलाई विर्सिन सक्ने ? भन्दै अफलाइनमा पनि अधिकतम म्यासेज छोडिरहन थाल्यो । अव मलाई पनि को चाँहि रहेछ त ? फेरि सँगै रहेका श्रीमान जीले यता तिर नजर डुलाउनुहोला कि ? भन्ने त्रास पनि त्यहि आइडीवाट आएका प्रश्नको जवाफ दिँदै जाँदा मलाई यत्तिका पिछा किन गरिरहन्छ र उ को हो त ? भन्ने जिज्ञासा उत्पन्न बढ्न थाल्छ ।

अनलाइनमा नबोलेपनि अफलाईनमा उस्का हरेक प्रश्नको जवाँफ दिँदै परिचय माग्न थाल्छु तर कहिल्यै उस्को परिचय आँउदैन । एकसाता पछि गुड मर्निङ,गुड नाइट, शुभ दिन, आदी इत्यादी हुँदै फुलका स्टिकरहरु आँउन थाल्छन ।

अव मलाई त्यो मान्छेसँग संका लाग्न थाल्छ । तर उस्ले पठाएका म्यासेजमा त्यत्ति आपतिजनक बस्तु छैनन अनि मलाई राम्ररी चिनेझैं गर्छ खराबै त नगर्ला कि ? भन्ने झिनो आशा बाँकी रहन्छ ।

यत्तिकैमा अर्को साँझ पुनःउस्ले म्यासेज पठाँउँछ । धेरै दिन सरप्राइज राख्यो भने राम्रो हुन्न त्यसैले तिमीसँग भेटेरै आफुलाई चिनाँउछु भन अव कहाँ भेटौं भन्न थाल्छ । भो मलाई धेरै सताउनु पर्दैन चिनाए भै गो नि । नत्र विहान खाना खानेगरी घरैमा आँउनु भन्दै लोकेसन दिँए । अरु ठाँउ जहाँ भए नि आँउछु तर पहिल्यै घर चाँहि आँउदिन भन्ने जवाफ आँउछ ।

हुँदा हुँदै निक्कै आत्मिय कुराकानी हुनथाल्छ । उ मेरो वारेमा यत्ति धेरै जानकार छ तर म उस्लाई ठम्याउनै सकिरहेकी छैन । अन्ततः मैलै पनि उस्को प्रश्तावमा भेट दिने सहमति जनाँउछु । फेरी ठाँउ छनौट गर्ने प्रश्ताव गर्छ ।

म बच्चाकी आमा घर छोडेर धेरै टाढा जाने कुरो हुँदैन प्रायः नानी वा श्रीमानकै साथमा हुन्छु फेरी अपरिचितहरुले बोलाँउदा एक्लैदोक्लै टाढा जानु सुरक्षाका दृष्टिकोणले त्यत्ति राम्रो हुन्न भनेर जवाफ दिँँए । मलाई त्यति टाढाको सम्झ्या हो ? लु अरु ठाँउ संका लाग्छ भने अस्ति देखादेख भएकै ठाँउमा आउ, त्यँहि भेटेर चिनाँउछु पो भन्न थाल्छ ।

उस्ले यत्ति धेरै जिद्वी गर्छ कि म अव कुरा काट्नै नसक्ने अवस्थामा पुग्छु । जो सुकै होस भेट गर्दैमा के फरक पर्ला र ? फेरी धेरै नै पिछा गरिसक्यो खराव नियतको रहेछ भने ? होइन सबै पुरुष त्यस्तो खराब नियतका हुँदैनन कतै आफन्त नै भएर पनि मैले विर्सेकी त होइन ? यी र यस्ता सयौं प्रश्न मनमा खेल्छन ।

अनि समाजमा भइरहेका हत्या हिसा र बलात्कारका घट्नाको प्रतिबिम्व मष्तिष्कमा झल्किन्छ । यत्तिकैमा भोलि भ्यालेन्टाइन डे पनि हो । पुरानो मित्रता नविकरण पनि हुन्छ जसरी आउ है भन्ने प्रस्ताव आँउछ अव जो सुकै भएपनि एक पटक भेटेरै छोड्छु भन्ने अठोट लिएर बच्चा बच्चीलाई स्कुल त श्रीमानलाई अफिस पठाएर मध्य दिँउसो त्यहि रेष्टुरेन्ट पुग्ने निश्कर्षमा पुग्दै अगाडी बढ्छु । बाटोमा जाँदा मनमा अनेकन तर्क विर्तक खेल्छन । को होला ? के भन्ला अनि चिनेजानेकाहरुले भेटि हाले भने के जवाफ दिने आदी इत्यादी कुरा खेलाँउदै पुर्व निर्धारित लोकेशनमा पुग्छु । त्यहाँ पुग्दो पहिलेको अनुहार देखिएन र भेटिएन ।

फोन नम्वर साटासाट गरेको थिएन । डाटा अन गरेर म्यासेज हेर्दा १०–१५ मिनेट ढिला हुने भो पर्खदै गर्नु है डार्लिन भनेर लेखेको रहेछ । झण्डै आधा घण्टा पश्चात मोटरसाइकलमा हुँइकिएर एउटा अधबैंशे आइपुग्छ । नयाँ पोशाक नयाँ हेलमेट खुब सानसँग अगाडी आँउदा म पनि लाजले निथु्रक्क हुन्छु अनि सलले मुख छोपेर निहुरमुण्टी लगाएर वस्छु ।

उ निक्कै हाउभाउ रेष्टुरेन्टको टेवुलमा आइपुग्छ । मैले कस्लाई भेट दिनुपर्ने हो, उ कस्तो स्वभावको छ र को हो ? भन्ने जिज्ञासा मैले राखि रहेपनि उ मा त्यो थिएन किनभने त्यहि भएर मेरा सामुन्ने आएर हेल्मेट झिक्दै ओ डार्लिन आई लव यु भन्दै मेरो हात समाँउन आइपुग्छ । एकछिन दुवैजना निःशव्द हुन्छौं । आँखामा आँखा जुधेपछि दुवैजनाका खित्का छुट्छन ।

वेस्सरी हाँस्छौं । अनि उहाँ भन्न थाल्नुहुन्छ यत्तिका दिनसम्म च्याटमा झुलाएको थाहा पाइनौ ?  म तिम्रै श्रीमान त्यो तिम्रो श्रीमान हो भनेर…. ..‘ रेष्टुरेन्टमा खाना खाँदा भेटेको मान्छे को थियो उ कहाँ पुग्यो थाहा छैन त्यहाँबाट निस्केपछि उस्को अनुहार मिल्ने फोटो राखेर फेसवुक एकाउण्ट खोलेर मैले नै जिस्क्याएको थिँए …..अव आफु्नै मान्छेसँग लाजले भुतुक्कै भएकी मैले कपाल जगल्ट्याउन आफ्ना हात उहाँको टाउकोमा पु¥याँए ।

उहाँले हात समातेर चलमलाँउन दिनुभएन । केहिवेर पछि दुवैजना सम्हालिँदै नाष्ता गरेर एउटै मोटरसाइकमा घरतिर हुँकियौं । यस्तै रह्यो हाम्रो अविस्मरणीय भ्यालेन्टाइन जुन हामी दुवैजना  कहिल्यै बिर्सन सक्दैनौं ।

राधा स्मृति फिदिम ४ पाँचथर, सम्पर्क ९८६२७५५१३१, gautam.radha2011@gmail.com