पाँचथर क्याम्पसमा भलिबल तथा कविता वाचन प्रतियोगिता सम्पन्न

प्रिय योङहाङ ।। पाँचथर बहुमुखी क्याम्पसमा मानविकी सङ्कायले आयोजना गरेको भलिबल तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा छात्र तर्फको भलिबलमा व्यवस्थापन संकाय लाइ हराउदै शिक्षा संकायले जित हात पारेको हो । पहिलो सेट व्यवस्थापन जिते पनि लगातार दुइ सेट जित्न नसक्दा उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

छात्रा तर्फ व्यवस्थापन संकाय विजयी बनेको छ, शिक्षा संकायलाइ सोझो दुई सेटमा जित निकालेको हो । त्यस्तै कविता तर्फ शिक्षा संकायका जानुका बोहरा प्रथम, दोस्रो स्थान मानविकी संकायका नितिज आङ्बो र व्यवस्थापन संकायका रिता मिश्र ले तृतीय स्थान हासित गरेका छन् ।

उक्त कार्यक्रममा प्राध्यापकहरुको लागि छेलो प्रतियोगिता समेत राखिएको थियो, छेलो मा क्याम्पस प्राध्यापक मधुराज केरुङ ले जित हात पारेका थिए ।

प्रतियोगिता ७, ८ र ९ गरि तिन दिन संचालन भएको थियो । उक्त प्रतियोगितामा भलिबलतर्फको विजेता र उपविजेताले नगत सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने कविता तथा छेलो तर्फ प्रमाणपत्र सहित आकर्षक पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्नका लागी आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सम्पुर्ण महानुभावाहरुमा कदरपत्रले समेत सम्मान गरिएको थियो ।

प्रतियोगिताका प्रमुख अथिती पाँचथर बहुमुखी क्याम्पस प्रमुख खेमनाथ खतिवडाले सम्पुर्ण विद्यार्थीहरुलाइ शुभकामना दिनु भएको थियो । प्रतियोगिता मानविकी संकायका कार्यक्रम संयोजक दिपक नेम्बाङको अध्यक्षता मा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार