सुन्तलाको बोक्राका ६ महत्वपुर्ण फाइदाहरु !

पुस ४: जाडो मौसममा फलफुलमा प्रिय हुन्छ सुन्तला । घाममा बसेर बदाम र सुन्तला खाने गरिन्छ । सुन्तलाको फाइदा अनेक छन् । गुदीमा मात्रै होइन, बोक्रा पनि उत्तिकै लाभदायी छ ।

विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ ।

सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ ।

सुन्तलाको बोक्राको फाइदाः

एक्नी हटाउन
सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

मरेको छाला हटाउन
अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ ।

त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

फोहोर सफा गर्न
छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ र प्राकृतिक चमक ल्याउँछ ।

चमक
सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ । सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ ।

तैलिय छालाको उपचार
सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ । यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ।

कलिलो छाला
सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ ।

(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार