
पाँचथर : बर्षासँगै खोलामा आएको भेलले बगाएर बेपत्ता भएका पाँचथर मिक्लाजोङ ४ का १० वर्षीय दियान राई मृत अवस्थामा भेटिएका छन । मिक्लाजोङ ४ खेसाङखोप घर भएका १० वर्षीय राईलाई शुक्रवार बिहान घरदेखि स्कुल जाँदै गर्दा रवि वजार नजिकै खोलाले बगाएको थियो । उनी बेपत्ता भएदेखि नै खोजी कार्यमा जुटेका स्थानीय र प्रहरीले आइतवार बगाएको स्थानभन्दा ५ किलोमिटर टाढा मृत अवस्थामा फेला पारेको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।
राई रवि स्थित होलि चाइल्ड इङलिस वोर्डिङ स्कुल कक्षा चारका विद्यार्थी हुन । यसैविच निरन्तरको वर्षाका कारण गएको पहिरोले जिल्लाको फालेलुङ गाँउ पालिका २ मा २ वटा घर पुरिएका छन । फाल्गुनन्द गाँउ पालिकामा १ र याङवरकमा ३ घर पुरिनुका साथै तुम्वेवा गाँउ पालिकामा आधा दर्जन घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।