समर्पित अस्पतालले सुरु ग¥यो प्रमिलाकी आमाको उपचार (भिडियो रिपोर्ट)

पाँचथर ।। गर्भाअवस्थामा श्रीमानले छाडेर विचल्ली बनेकी प्रमिला शिवाकी आमाको उपचार सुरु भएको छ । समर्पित अस्पताल ले प्रमिलाकी आमाको उपचार सुरु गरेको हो । यो भन्दा अगाडी रेडियो मितेरी तथा नयाँ कुरोले प्रमिला शिवाको अवस्थाको बारेमा समाचार बाहिर ल्याएको थियो । त्यस पश्चात समर्पित अस्पतालको तर्फबाट अर्थोपेडिक सर्जन डाक्टर सहितको टोली प्रमिलाकी आमाको घरमा पुगेको थियो ।

उनकी आमाको स्वास्थ्य अवस्था कमजोर देखेपछी अस्पतालले उनलाई थप उपचारको लागी फिदिम आउन आग्रह गरेको थियो । प्रमिलाकी आमा फिदिम आएसंगै अस्पतालले जनाएको प्रतिवद्धता अनुरुप निशुल्क उपचार थालेको हो । थप विवरण सहतिको भिडियो सामाग्री हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार