माइक्रो फाइनान्सकी कर्मचारी सुजताको यस्तो स्थानमा हत्या (भिडियो रिपोर्ट)

पाँचथर ०४ असार ।। पाँचथर जिल्लामा फेरी एक युवतीको हत्या भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका गोपेटार बजारमा रहेको एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजता तामाङको जंगलमा विभत्स तरिकाले हत्या भएको हो । साविक भारपा गाविसको वडा नं. १ मा रहेको समुहको बैठकबाट फकिर्ने क्रममा मंगलबार सुजताको हत्या भएको हो । हत्या पश्चात माइक्रो फाइनान्सको समुहबाट संकलन भएको नगद करिब ७८ हजार रुपैया समेत लुटिएको प्रहरीले जनाएको छ ।

सुजताको मोवाइल भने घटना स्थल नजिकै टुक्रा टुक्रा अवस्थामा फेला परेको थियो । भिडियोमा हेर्नुहोस घटना स्थल र पहिलो पल्ट शव देख्ने स्थानीय संगको कुराकानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार