बिर्तामोडका होटलमा यसरी चल्छ यौन धन्दा

झापा । ‘दाइ नयाँ बसपार्क भनेको यहीँ हो रु’ बिहान १० बजे गाडीमा इलाममा सामान पठाउन बिर्तामोडको नयाँ बस पार्क पुगेको मलाई अप्ठ्यारो गरी नेपाली बोल्ने एक अपरिचितले प्रश्न गरे । पाँचजनाको संख्यामा रहेका उनीहरुलाई हेर्दा भारतीय जस्ता देखिन्थे । यहीँ हो, कहाँ जाने हो भनेर मैले प्रश्न नसकी उसले फेरी भन्यो ‘दाइ मिल्छ भने एक कल फोन गर्न दिनुन, हामी पहिलोपल्ट बिर्तामोड आएको सधैँ आउने साथी आएन, उसलाई फोन गर्नु पर्यो ।’

‘मनकामना होटल एण्ड लज रु हाँ ठिक हे ।’ ‘और दुस्रा पाँचथर तेह्युन होटल एण्ड लज रु ओके ओके, बाई ।’ फोनमा हिन्दीबाट उसले साथीसँग होटलको बारेमा बुझ्यो । कस्तो होटल चाहिएको रु प्रश्न सुनेपछि उसले बताउन अफ्ठ्यारो मान्यो । मैले मेरो पनि होटल छ भनेर कुरा गर्न सहज वातावरण बनाए । उसले उत्साहित हुँदै बेलिबिस्तार लगायो ।

भारतको पश्चिम बंगालमा घर भएका २५ वर्षीय मनोज बानियाँ सहितको टोली बुधवार छुट्टीको दिन रमाइलो गर्न बिर्तामोड आएका रहेछन् । उनले भने ‘हमी चाहिँ पहिलोपल्ट आएको, साथीहरु हप्तै पिच्छे आउँछन्, साथीले भनेर नै यहाँ आएको ।’ तपाईंको होटलमा केटी पनि राख्नुहुन्छ रु उसको प्रश्नले बल्ल मैले कुराको मेलो पाएँ ।

मनोजका अनुसार पानीट्याङ्कीमा झापाको बिर्तामोड, काँककभिट्टा, दमकलगायतका क्षेत्रहरू यौन बजारको रुपमा परिचित छ । उनले भने ‘५ सयदेखि १ हजारमा यौन प्यास मेटाउन यहाँ पाइन्छ रे, त्यही भएर छुट्टी मनाउँदै रमाइलो गर्न आएको ।’ उनले थपे, उता भन्दा सस्तो पनि सुरक्षित पनि, साथीले भनेको ‘नेपालका तरुनी, दारु और झाडु बहुत देशी हे ।’

मनोजको यो कुराबाट झापाको बिर्तामोड पछिल्लो समय यौन बजारको रुपमा परिचय भएको प्रष्ट हुन्छ । हरेक बुधवार बिर्तामोडका होटलहरुमा यौन प्यास मेटाउन पानीट्याङ्कीबाट आउने ग्राहकको भिड हुने गरेको छ । बुधवार पानीट्याङ्की बन्द हुने गरेको छ ।

नयाँ बस पार्कमा मात्र हैन अहिले बिर्तामोडको गल्ली गल्लीका होटहरुमा यौन व्यवसाय फस्टाएको स्थानीय बताउँछन् । बिर्तामोडमा हरेक पटक नयाँ डिएसपी आएपछि होटलहरुमा छापा हान्ने र लाइन मिलाएर पैसा खाने गरेको स्थानीय बताउँछन् । तर, इलाका प्रहरी कार्यालय अनामनीमा भर्खरै नेतृत्व सम्मालेका डिएसपी मोहनकुमार थापाले यस्तो नहुने बताए । थापाले होटलको सञ्चालन, अनुगमन र आवश्कता अनुसार बन्द गर्ने अधिकार स्थानीय तहसँग रहेकाले उनीहरुसँग सहकार्य गरेर बिर्तामोडमा यौन व्यवसाय पूर्ण रुपमा बन्द गर्ने बाताए ।
जिल्लाभर सादा पोसाकमा राखिएका घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको एक प्रहरी अधिकृतले बताए ।

पुरानो भद्रपुर रोडको संसार राईको गजल साँझमा साँझ परेपछि सादा पोसाकका प्रहरीहरु यौनकर्मी महिलासँग रक्सीमा लठ्ठ भएर नाचगानमा व्यस्त भएको देख्न सकिने होटलसँगै पसल चलाउँदै आएका एक व्यपारीले बताए । राईले प्रहरीसँग सेटिङ्ग मिलाएर वर्षौबाट यौन व्यवसाय चलाउँदै आएका छन् । राई पहिले नयाँ बस पार्कमा होटल चलाउँथे ।

पुरानो भद्रपुर रोडमा रहेको पुजन होटलमा खुलेआम यौन धन्दा हुने गरेको स्थानीय बताउँछन् । पुजन होटल र भद्रपुर रोडको ३६५ क्याफे प्रहरीसँग लाइन मिलाएर नेत्र न्यौपानेले सञ्चालन गर्दै आएको स्थानीयले बताए ।

बिर्तामोडको अन्नपूर्ण चोक पश्चिम प्रितम अग्रवालले सञ्चालन गरेको एक होटलमा मात्रै १५ भन्दा बढी यौनकर्मी रहेको होटल व्यवसायी संघ झापाका एक सदस्यले बताए । अग्रवालले बजरंग मेडिकल पछाडिको घर भाडा लिएर केटीहरु राख्ने र आवश्यकता अनुसार होटलमा लाने गरेको स्रोतले बतायो ।

भद्रपुर रोडको मेची कोशी टप होटल एण्ड लज, न्यस त्रिबेत्री होटल शनिश्चरे रोड, झापा होटल एण्ड लज बिर्ता सिटी अस्पताल छेउ, न्यु सम्झौता होटल एण्ड लज पश्चिम स्टेण्ड, मेचि होटल एण्ड लज काँकभिट्टा रोड, सृजना होटल नेपाल बैङ्क छेउ, फेमेली होटल एण्ड रेष्टुरेन्ट शनिश्चरे रोडमा ठुलो संस्यामा यौनकर्मी राखेर व्यवसाय सञ्चान गर्दै आएको स्थानीयले बताए ।

अन्य होटलमा पनि छ । तर अलि कम संख्या एक प्रहरीले भने बिर्तामोडका प्राय होटलमा कन्ट्रयाक्टमा केटी बोलाउने गरेको छन् ।
बिर्तामोडका एक होटल सञ्चालकले भने भिआइपी पाहुना आउँदा अर्डर अनुसार कलेज पढ्ने केटी बोलाईदिन्छु । उनीहरुको रेट पनि महंगो छ । कम्तिमा होल नाइटको १० हजार लिन्छन् ।

बिर्तामोडमा बिभिन्न किसिमका यौनकर्मी रहेको प्रहरी स्रोतको भनाइ छ । कलेज पढ्ने राम्रो आर्थिक अवस्था भएकाहरु कन्ट्रयाक्ट भिआपी पाएपछि डिल गरेर जान्छन् उनीहरुको एकदिनको रेट १० देखी ५० हजार रुपैयाँसम्म छ ।

श्रीमान विदेशमा भएका, सम्बन्ध बिच्छेद भएका फोन मार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्जे र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखी ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउने उनीहरुको रेट १ देखी २ हजारसम्म रहेको स्रोतको दाबी छ । घर परिवारबाट टाढा बसेका पुलिस, आर्मी र सरकारी कर्मचारी प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् । धनीमानी तथा ठूला व्यापारी उद्यमीको बेग्लै कथा छ ।

प्रहरीले त उपयोग गर्छन्, पैसा पनि दिँदैनन् । कतिपय अवस्थामा जेलमा पनि हालिदिन्छन्, एक यौनकर्मी महिलाले भनिन् ।

केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गर्ने गरिएको स्थानीय प्रेम राई बताउँछन् । होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु बिर्तामोडमा धेरै रहेका छन् ।

प्रहरीले आर्थिक वर्ष २०७५र०७६ मा बिर्तामोडबाट ३६ जना यौनकर्मी महिलालाई पक्राउ गरी मुद्दा चलाएको डिएसपी थापाले बताए । यौनकर्मी महिलासँग १९ जना ग्राहक समेत पक्राउ परेको थापाले जानकारी दिए । ४ जना होटल सञ्चालकलाई समेत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । थापाले बिर्तामोडको प्रमुख भए पश्चातमात्र शनिश्चरे रोडको न्यु त्रिबेणी होटल र कृषिथोकको तिरुपती होटलबाट यौनकर्मी महिला पक्राउ परेको उनले बताए । बोर्डमा तिरुपती लेखे पनि सम्बन्ध होटल भनेर दर्ता रहेको सो होटलबाट प्रहरी पटक–पटक यौनकर्मी पक्राउ गरे पनि सञ्चालकलाई भने अहिलेसम्म कारवाही हुन सकेको छैन ।

होटल व्यवसायीसँग राजश्वमा दर्ता भएको नाम र पान नम्बर भन्दा छुट्टै नाम र पान नम्बर राखेर यौन धन्दा सञ्चाल गर्ने भएकाले कारवाही गर्न नसकिएको एक होटल व्यवसायीले बताए ।

उनका अनुसार प्रहरीले छापा मारे लगत्तै अर्को ठाउँमा सरेर अर्कौ नाम गरेर होटल सञ्चालन गर्ने गरेपनि होटल व्यवसायीसंघ अनुगमन गर्नुको सट्टा व्यवसायीलाई बचाउन लाग्ने गरेका छन् । कृषिथोकमा रहेको पूर्वाञ्चल सेकुवा कर्नर नामबाट सञ्चालित होटलमा काम गर्ने यौनकर्मी महिला दैनिक झगडा गरेर छिमेकमा बस्नै गाह्रो भएको स्थानीयले बताए ।

प्रहरीलाई पटक–पटक खबर गर्दा समेत नआउने र आए पनि केही नगरी फर्कने गरेको स्थानीयको आरोप छ । होटलको नाम र सञ्चालक फेरिदै एक दशकबाट एउटै घरमा यौन व्यवसाय सञ्चालन हुँदै आएको नजिकै पसल रहेका एक व्यवसायीले बताए । उनले भने ‘पहिला त १ तले थियो अहिले ३ तले भएको छ, यौनकर्मी महिला पनि ६र७ जना छन् ।’

बिर्तामोडका अधिकांश यौनकर्मी पश्चिमबाट आउने गरेको होटल सञ्चालकहरु बताउँछन् । केही यौनकर्मी इलाम, पाँचथर र ताप्लेजुङका रहेका छन् । अधिकांशले घर ढाँट्ने र प्रहरीले पक्राउ गरेपछि मात्र ठेगाना पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय द्रुतगतीमा शहरीकरण भईरहेको बिर्तामोडमा बढ्दै गएको यौन व्यवसायलाई रोक्न स्थानीय तह, प्रहरी प्रशासनले बेलैमा ध्यान नदिने हो भने यौन अखडाको रुपमा मात्र बिर्तामोड परिचित नहोला भन्न सकिन्न । यो समाचार जनता समाचारको लागी सम्भुजित दाहालले लेख्नु भएको हो .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार