पाँचथर ।। शुक्रबार फेमे खोलामा खेल्ने क्रममा चिप्लीएर लडेका बालकको मृतय् भएको छ । पाँचथर फिदिम ४ बस्ने खड्ग राइको ११ बर्षिय छोरा इनसन राइ फेमे खोलामा खेल्ने क्रममा चिप्लीएर लडेका थिए । गम्भिर अवस्थामा स्पताल ल्याइएका बालकलाइ थप उपचारको लागी झापा रेफर गरिएको थियो ।

बालकलाइ झापाको वि एण्ड सी अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए । खोलामा खेल्न भन्दै ४ जना बालकहरु गएको प्रहरीले जनाएको छ ।