पक्राउ परे शितलका हत्या आरोपी प्रेमी

पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका ४ पञ्चमीकी १५ वर्षीय स्कुले छात्रा शीतल योङहाङको हत्याको मुख्य आरोपी पदम तामाङ पक्राऊ परेका छन । शितलकै प्रेमी भनीएका तामाङलाइ प्रहरीले झापाको दमकवाट पक्राऊ गरेको हो । फाल्गुनन्द २ निवासी पदमले छिमेकी भगिरथ वाँस्तोलाको सहयोगमा गत बैशाख २९ गते साँझ शीतललाई घर नजिकै रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए ।

बास्तोलालाई प्रहरीले भोलीपल्ट नै पक्राउ गरेपनि तामाङ भने फरार थिए । यसैविच जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिनुभयो । तामाङलाई आजै पाँचथर ल्याइने छ । उनको पक्राउका लागि दवाव दिँदै विद्यार्थी र नागरिक समाजले दवाव दिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार