![](https://www.nayakuro.com/wp-content/uploads/2019/05/S7830003.jpg)
पाँचथर १७ जेष्ठ ।। जिल्लाको हिलिहाङ गाउँपालिकाको १ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनुभएका साविक भारपा गाविसका मनप्रसाद तिम्सिनाको परिवारलाई रेडियो मितेरी पाँचथरको संयोजनमा १ लाख २ हजार ८ सय रुपैया सहयोग रकम प्रदान गरिएको हो । तिम्सििना गत जेष्ठ ४ गते आफ्नै मलेसिया स्थित आफनै कम्पनीमा मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँकी श्रीमती समेत बैदेशिक रोजगारीकै क्रममा उहाँ संगै मलेशियामा हुनुहुन्थ्यो । तिम्सिनाको शव नेपाल ल्याएर हेवा खोलामा अन्त्ष्यटी गरिएको छ ।
विहान श्रीमती संगै छुटिएर आफ्नो कम्पनीमा काममा जानुभएका तिम्सिना दिउसो मृत फेला पर्नुभएको थियो । तिम्सिनाकी ८ बर्षिया छोरी रहेकी छिन् । छोरीको भविष्यको पढाइ खर्च तथा परिवारलाई समेत भन्दै स्व. तिम्सिनाकी श्रीमती कार्यरत रहेको कम्पनीका नेपाली, फिलिपिनी तथा इन्डोनेसियन नागरिहरुबाट नेपाली यूवाहरु हरि बास्कोटा, चन्द्र कार्की, सन्दिप थापा, ज्योती नेपाल, दल्मु शेर्पा लगायतको सक्रियतामा संकलन गरिएको रकम रेडियो मितेरी ९८.२ मेगाहर्जको संयोजनमा आज विहान तिम्सिनाको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
रेडियो मितेरीका अध्यक्ष लक्ष्मी गौतम तथा स्टेशन म्यानेजर खविन लुइटेल मार्फत तिम्सिना परिवारले सहयोग गर्नुहुने सबै प्रवासमा रहेका सहयोगीमनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।