
राधा गौतम ।। पाँचथरको मिक्लाजोङ ३ आरुवोटेमा जेष्ठ ६ गते राती एउटै परिवारका नौ जनाको खुकुरी प्रहारबाट भएको घटनाले आम नागरिकको ध्यान आकर्षण भयो । नहोस पनि कसरी एकजना व्यक्तिले आफ्नै श्रीमती,सासु,ससुरा,साडुदाइ र जेठीसासु सहित तिनका अबोध बाल बालिकाको हत्या गरी आफुले पनि आत्म हत्या गर्नु चानचुने कुरो होइन । कुनै नाटक र फिल्म झैं लाग्ने यो घट्ना किन र कसरी भयो ? के एक जनाले दुइवटा घरमा सुतिरहेका ९ जनाको हत्या गर्न सम्भव थियो त ? घटना पछि यी र यस्तै तर्क विर्तकले मेरो मन मतिष्तकमा डेरा जमाउन पुग्यो ।
घट्नाका आरोपी मनबहादुर कुरुम्वाङ जो हत्या गरिएका बमकुमार फियाकका ज्वाई, धनराज शेर्माका साढुभाई अनि धनमायाका श्रीमान मात्रै नभएर बाँकी ४ जना छोरीहरुका सानोवुवा र ठुलोवुवा पनि । थिए । यत्तिका संख्यामा हत्या गर्नुका पछाडी के के कारण रहेछन त ? बुझ्दै जाँदा विषयवस्तु सामान्य जस्तो पनि लाग्छ । मनवहादुरकी श्रीमती मनमाया जो तीनवर्षदेखि माइती घरमै बस्थिन, जुम्ल्याहा छोरी जन्मेर मरेपछि उनी कहिल्यै श्रीमानका घर गइनन, श्रीमानले पटक पटक घर जान आग्रह गरे तर पनि डगमगाइनन । अन्ततः सम्वन्ध विच्छेदको प्रश्ताव लिएर आँउदा पनि स्विकार नगरी फर्काइदिइन । श्रीमान श्रीमतीको यहि मन मुटाब नौ जनाको ज्यान लिने स्थानीय वासिन्दा पनि अनुमान मात्रै लगाउन सक्छन । हत्या आरोपी मनवहादुर जस्का साला र जेठान नभएकाले उनकी श्रीमती माइतमै वसेर वा आमाको रेखदेख गर्दै थिइन । माइली दिदी जस्मिता जस्मिताको परिवार अलि टाढावाट आएर वा आमाकै आसपास वसेकी थिइन । छोरा नभएकाले चारजना छोरीले पालैपालो आमा वुवाको रेखदेख गर्ने पारिवारिक सल्लाह थियो । त्यो सल्लाह मनबहादुरले पचाउन सकेका थिएनन । मेरो घर व्यवहार भाँडेर श्रीमतीलाई माइत राख्न वावु आमा र दिदी भिनाजुको हात छ भन्दै भित्र भित्रै चिडिएका थिए । त्यहि रिसइवीले दुइवटा परिवारको बंशनाश गरे भनेर टिप्पणी पनि भएको सुनियो । हत्या प्रकरण हुनुभन्दा एकसाता अघिमात्रै जेठीसासु जस्मिताको घरमा खाना खाएका ७ जना विरामी परेका थिए रे । अस्पताल लगेर जाँच गर्दा खानेकुरामा सिसाको धुलो मिसाइएको प्रमाणित गर्दै उपचार गरेर चिकित्सकले विरामीलाई घर फर्काएका रहेछन ।
मनवहादुरलाई लक्षित गर्दै जस्मिता सहित विरामीहरुले सिसाको धुलो मिसाउने व्यक्ति हामीले चिनीसकेका छौं, किटानी जाहेरी दिएर कार्वाहि प्रकृया अगाडी वढाँउछौं भनेर जस्मिताले अभिव्यक्ति दिएपछि उनी हत्या गर्ने मनस्थितिमा पुगेका हुन भनेर तर्क गर्नेहरु पनि भेटिए । आखिर वास्तविकता के हो ? यो गहिराइमा नेपाल प्रहरी पुग्न सक्छ जस्तो मलाई लाग्दैन । हत्याका आरोपी भनिएका मनवहादुरको शव नै झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको पाटो लगभग अन्त्य गरेको छ । यत्ति हुँदा हुँदैपनि यत्तिको नरसंहार उनी एक्लैले गरे त ? अनुसन्धान गन प्रहरी चुक्नु हुँदैन ।
हत्या भएका २ वटा घरको भौगोलिक दुरी एक किलोमिटर छ । दुइवटा घरको विचमा केहि घर रहेपनि निकै पातलो मात्रै रहेकाले साडुदाइको घररका ५ जनाको हत्या गरेर ससुराली घर गएका हुन कि भनेर अनुमान पनि लगाँइदैछ । यद्धपी उनले एक्लै यत्तिको हिम्मत गरे त ? यति उनी मार्नु नै थियो भने किन गएर आत्महत्या गर्थे ? श्रीमतीसँग रिस उठदो हो त तिनै श्रीमती मात्रै मार्थे मर्द थिए भने माइतमा वसेकी श्रीमती छोडेर दोस्रो विहे गर्थे कि गरेनन । श्रीमती घर पठाएनन भनेर सासु ससुरा माथि किन खनिए त उनी ? सासु ससुरा मात्रै कहाँ हो र ? जेठीसासु र सालीका ती अवोध छोरीहरु किन मारे ? पाँचथरको दुर्गम गाँउमा भएको यो कहाली लाग्दो घटनालाई हिजो दरवार हत्या काण्ड र मदन आश्रितको दाशढुंगा प्रकरणसँग तुलना गरेर पनि हेर्न खोजेँ । अहँ मन मानेको छैन ।
हत्यामा आसंका गरिएका व्यक्तिले नै आत्महत्या गरेपछि घट्नाको थप अनुसन्धान किन गर्नुप¥र्यो र ? भनेर प्रहरी अधिकारीहरुले बोलेको पनि सुनेकी छु । तर यो हत्या प्रकरणका अगाडी पछाडी थुपैै्र रहस्यहरु लुकेका हुन सक्छन । मिहिन ढंगवाट अनुसन्धान नगरे फेरी पनि काल नपल्केला भन्न सकिन्न । त्यसैले फेरी भन्छु एकजना व्यक्तिले नौ नौ जनाको हत्या गर्न कत्तिको सम्भव छ ? त्यो पनि एउटा खुकुरीको सहाराले ? ए राज्य, ए प्रहरी प्रशासन एक पटक मिहिन ढंगले सोच्ने कि ?
जाँदा जाँदै फेरी पनि त्यहि प्रश्न के वमकुमार र धनराजको परिवारका नौ जनाको हत्याको कारक मनकुमारी नै महिला थिइन त ?