पाँचथर ०८, जेष्ठ ।। महिला जागरण पाँचथरको आयोजनामा सचेतना मुलक गोष्ठि सम्पन्न भएको छ । विषादीको प्रयोगबाट वातावरण तथा मानव स्वास्थ्यमा पर्ने असर सम्बन्धि एक दिने सचेतनामुलक गोष्ठि सम्पन्न भएको हो । २५ जना सहभागीलाई कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले विषयबस्तुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

महिला जागरण संघ पाँचथरले यस अगाडी समेत जिल्लाको फालेलुङ गाउँपालिकाको वार्ड नं. ७ र ३ मा यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रम संस्थाकी अध्यक्ष मिना रिजाल केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । टेवा नेपाल संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।