नुनमा शिसा खुवाइएका गम्भिर विरामी निको भए, शिसा मिसाउनेको पहिचान भएको खुलासा (भिडियो)

पाँचथर ०५ जेष्ठ ।। तालिममा सहभागीहरुले खाजा खाने क्रममा विरामी भएका २ जना विरामी डिस्चार्ज भएका छन् । जिल्लामा पछिल्लो पटक खुलेको समर्पित हस्पिटलमा शिसा खाएका भनिएका सबैभन्दा गम्भिर विरामीहरुको उपचार भैरहेको थियो । निको भए संगै विरामीहरुले आफ्नो खानामा कस्ले र किन सिसा मिलायो भन्ने बारेमा प्रभावकारी अनुसन्धान गरेर दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बिरामीमध्ये गम्भीर रहेका मिक्लाजुङ ३ आरुबोटेका २२ वर्षीया लक्ष्मी लिम्बू र १८ वर्षीया मनिषा नेपालीको जिल्लास्थित समर्पित हस्पिटलमा उपचार भएको थियो भने अन्यको जिल्ला अस्पताल पाँचथरमा उपचार भएको हो ।

समर्पित अस्पतालबाट निको भएर घर फर्किने बेलामा २२ सबैभन्दा गम्भिर भएकी लक्ष्मी लिम्बूले आफुहरुलाई शिसा मिलाएर खुवाउने को प्रारम्भिक पहिचान भैसकेकोले अब प्रहरीलाई अनुसन्धानमा सघाएर दोषिलाई कानुनी कठघरामा उभ्यान मद्धत गर्ने बताइन । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार