ग्लोबल आइएमइ बैंकको अग्रसरतामा बजार सरसफाइ

फिदिम ०४ जेष्ठ ।। पाँचथरको सदरमुकाम फिदिम बजार सरसफाइ गरिएको छ । निजी क्षेत्रको बैंक ग्लोबल आइएमइ बैंक लिमिटेडले सरसफाइको संयोजन गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाइको कार्यक्रम आयोजना गरिएको बैंकका फिदिम शाखा प्रवन्धक अनन्त कुमार आचार्यले जानकारी दिए ।
बजार सरफाइ कार्यक्रममा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको समेत सहभागिता रहेको थियो ।

बैंकको शाखा कार्यालय रहेका स्थान अगाडीबाट सुरु भएको सरसफाइ कार्यक्रम शनिबारे बजार हुदै बुद्ध मार्गमा आएर सकिएको थियो । आजै परेको २५ सय ६३ औ बुद्ध जयन्तीको अवसरमा बुद्धमार्गमा आएर कार्यक्रम समापन भएको थियो । कार्यक्रमको समापन उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार