पूर्वको मिनि मुस्ताङमा “लटर पटर” (भिडियो)

पाँचथर ।। पाँचथरका विभिन्न मनोरम दृष्यमा छायाकंन गरिएको “लटर पटर” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठको आवाजमा रहेको गितमा डिपि खनालको शब्द रहेको छ ।

पछिल्लो समय मिनी मुस्ताङको नामले चर्चित बनेको पाँचथरको साधुटारको आकर्षक दृष्य म्यूजिक भिडियोमा देख्न पाइन्छ । विशाल रसाइली र लुना राना मगरको पहिलो म्यूजिक भिडियोको निर्देशन मिलन विश्वकर्माले गरेका हुन् भने छायांकन डेभिड श्रेष्ठले गरेका छन् ।

पछिल्लो समय विभिन्न डान्स एकेडेमीहरुले आफै म्यूजिक भिडियो बनाउने क्रम बढेसंगै मोफसलमा रहेका डान्स एकेडेमीहरु समेत यसमा सकृय देखिएका छन् । पाँचथरमा रहेको फ्युजन डान्स एकेडेमीले तयार गरेको म्यूजिक भिडियो मेची पहाडबाटै पहिलो पल्ट १ लाख सब्सक्राइबर प्राप्त गरेको नयाँ कुरो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार