
पाँचथर ०२ बैसाख ।। पाँचथरमा सञ्चालन भएको वाइवाइ तेश्रो पाँचथर गोल्डकपको उपाधी डाँगीहाट फुटबल क्लब (डि.एफ.सी.) मोरङले जितेको छ । फाइनल खेलमा दार्जेलिङ युनाइटेड भारतलाई ३–१ गतेल अन्तरले पराजित गर्दै मोरङले उपाधी चुमेको हो । उपाधी संगै मोरङले नगद ४ लागख सहित ट्रफि हात पार्दा छिमेकी मुलुक भारतको दार्जेलिङ युनाइटेडले भने २ लाख रुपैयामा चित्त बुझाएको छ । डि.एफ.सी मोरङलाइ विजयी बनाउन हेमन्त थापा मगर, संजोग राइ र विदेशी खेलाडी अरमाण्ड भिदुमले १–१ गोल गरे भने दार्जेलिङको तर्फबाट करण राइले सान्तवना गोल फर्काएका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै मोरङका विक्रम लिम्बूले टिभिएस कम्पनीको १ थान स्कुटर समेत प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ठ गोलरक्षकमा मोरङका दिनेश थापा मगर, उत्कृष्ट डिफेण्डर दार्जेलिङका दिवस लिम्बू, उत्कृष्ट मिड फिल्डर दार्जेलिङकै वाङदेन तामाङ उत्कृष्ट स्ट्राइकर मोरङका संजोग राइ, उदयीमान खेलाडी पाँचथर क्लब पाँचथरका हेमन्त दर्नाल, सर्वाधिक गोलकर्ता मोरङका अर्मान भिदुम, उत्कृष्ट प्रशिक्षक मोरङकै याकुव राइ घोषित हुदै जनही १० हजार नगद सहित मेडल समेत प्राप्त गरे । चैत्र २३ गतेबाट सुरु भएको पाँचथर गोल्डकपको यो सिजनमा १० टिमको सहभागिता रहेको थियो ।