ट्राइब्रेकरमा जावलाखेललाइ पराजित गर्दै हेटौडा सेमिफाइनलमा

पाँचथर २७ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा विजय युथ क्लब हेटौडाले जावलाखेल युथ क्लब काठमाण्डौलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेश्रोे क्वाटर फाइलन खेलमा जावलाखेलका कप्तान अजय थापाले पेनाल्टीमा गोल गर्न नसक्दा जावलाखेल पहिलो खेलबाटै घर फर्किन बाध्य भएको हो ।

हेटौडाका सुदान्स महतोको आत्मघाती गोलले पहिलो हापमै सुरुवाती अग्रता लिएको जावलाखेलले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय ब्यर्होन बाध्य भयो । दोश्रो हापमा हेटौडाका विश्व लामाले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा १–१ गोल भएपछी खेल ट्राइब्रेकमा धकेलिएको थियो ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा भोली हिमालय शेर्पा क्लब काठमाण्डौ र न्यू स्टार सुनसरी विचमा प्रतिष्पर्धा हुनेछ । पाँचथरको फिदिममा आयोजना हुदै आएको पाँचथर गोल्डकपको यस सिजनमा १० टिम समभागी छन् । प्रतियोगितामा पहिलो पुरस्कार ४ लाख रुपैया र दोस्रो पुरस्कार २ लाख रुपैया रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार