झापालाई भारत दार्जेलिङले हरायो

पाँचथर २६ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा झापालाइ भारत दार्जिलिङले ३ का विरुद्ध २ गोल अन्तरले पराजित गरेको छ । पाँचथरको फिदिममा आज भएको दोश्रो क्वाटर फाइलन खेलमा पाँचथर गोल्डकपको यस भन्दा अगाडीको लगातार २ सिजनको विजेता विर्तामोड युनाइटेड झापालाई रोयल फुटबल क्लब भारत दार्जेलिङले पाखा लगाएको हो ।

खेलको पहिलो हापमा दार्जिलिङका सत्यम शर्माको कर्नर प्रहारलाई रोक्न खोज्दा झापाका दिलेन लोक्तामको खुट्टाबाट आफ्नै पोष्टमा गोल छिरेपछी दार्जिलिङले अग्रता लिएको थियो । पुन दार्जेलिङका करन राइले गोल गर्दै आफ्नो टिमलाई पहिलो हापमै २–० को नतिजाले अगाडी बढाएका थिए ।

तर खेलको दोश्रो हाफमा झापाका तर्फबाट विशाल राइ र दिलेन लोक्तामले १, १ गोल गर्दै झापालाई खेलमा फर्काएका थिए । निकै प्रतिष्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा दार्जेलिङका करन राइले आफ्नो टिमको लागी थपेको गोलनै खेलको निर्णायक गोल बन्यो ।

यो संगै भारत दार्जेलिङको टिमले सेमिफाइनलको यात्रा तय गरेको छ । भोलि हुने तेश्रो क्वाटर फाइनल खेलमा जावलाखेल युथ क्लब र विजय युथ हेटौडा विच प्रतिष्पर्धा हुनेछ । पाँचथरको फिदिममा आयोजना हुदै आएको पाँचथर गोल्डकपको यस सिजनमा १० टिम समभागी छन् ।

प्रतियोगितामा पहिलो पुरस्कार ४ लाख रुपैया र दोस्रो पुरस्कार २ लाख रुपैया रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार