
पाँचथर ।। वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता आज बाट पाँचथर फिदिममा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभा सदस्य वशन्त नेम्बाङले गर्नुभएको थियो । आज भएको उद्घाटन खेलमा मिसन यूनाइटेड ताप्लेजुङलाई मोरङ फुटवल क्लव मोरङले ६—१ गोल अन्तरले पराजित गरेको छ ।
मोरङलाई जिताउन विदेशी खेलाडी अरर्मन एक्लैले खेल शुरु भएको १० औ,१७ औ,२२ औ, र ५३ औ मिनेटमा गोल गरेका थिए ।यस्तै मोरङको तर्फबाट हेमन्त थापाले खेल शुरु भएको ३९ औ,र संजोग राईले खेल शुरु भएको ६३ औ मिनेटमा एक एक गोल फर्काएका थिए । जवाफमा ताप्लेजुङको तर्फबाट सन्त राईले खेल भएको ६० औ मिनेटमा सान्तवना मार्फत एक गोल फर्काएका थिए । शनिबार हुने भनिएको उक्त प्रतियोगिता वर्षादका कारण स्थिगत भएको थियो । स्थिगत भएको खेल आज बिहान भएको हो ।
त्यस्तै आजै भएको दोश्रो खेलमा खेलमा रेडहर्ष इलामलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले विर्ता युनाईटेडक्लब झापा विजयी भएको छ । खेलको पहिलो हाफको ११ औ मिनेटमा विर्ता युनाईटेडका विकेश लिम्बूले गोललाई अग्रता दिलाएको थिए । तर, ३३ औं मिनेटमा रेडहर्ष इलामका विर्न्द्र लिम्बूले गोल गर्दै खेललाई बराबरी गोल गरे । खेलको निर्धारीत समयमा फेरी गोल हुन नसकेपछि खेल ट्राइबेकरमा परिरण भएको थियो । बर्षातका विच आजको दोस्रो खेल सम्पन्न भएको हो ।
भोलि आजको पहिलो विजेता डिएफसी मोरङ र आयोजक पाँचथर क्लबविच हुनेछ भने । आजको अर्को विजेताले हिमालयन शेर्पाक्लब संग प्रतिष्प्रधा गर्नेछ । प्रतियोगितामा १० टिम समभागि छन् । प्रतियोगितामा पहिलो पुरस्कार ४ लाख रुपैया र दोस्रो पुरस्कार २ लाख रुपैया रहेको छ ।