फस्ट बनाइदिन्छु भन्दै शिक्षकले छात्राको संदेशनशिल अंगमा हात पुर्याएपछी ……

पाँचथर २० चैत्र ।। जिल्लाको एक माध्यमिक विद्यालयका शिक्षकले १३ बर्षिय बालिकालाई यौन दुब्र्यबहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउदै आएको सप्तरी सम्भुनाथ गाउँपालिकाका उपेन्द्र चौधरीले दुब्र्यबहार गरेको आरोप लागेको हो ।

घर मा कोही नभएको मौका पारी तिम्रो सिम्बोल नम्बर देखाउ म फस्ट पारिदिन्छु भन्दै सम्वेदनशिल अंगहरुमा हात लगाउन थालेपछी आफु कराउदै भागेको पिडित बालिकाको भनाइ छ ।

छोरीलाई पढाउने शिक्षकबाट छोरीमाथी यौनदुब्र्यबहार भएको पिडित बालिकाको बुबमा आमाले थाहा पाउने साथ प्रहरीलाई खबर गरेका थिए । आरोपित शिक्षकलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार