भोजपुर ।। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न बन्यजन्तुको छाला, अंग र अवैध हातहतियार वरामद गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका वडा नम्बर –२ छिनामखु रुमलाका निर कुमार भुजेलको घरमा छापा मार्दा हतियार सहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो ।
प्रहरीले विषेश सुराकीको अधारमा विहिवार छापा मार्ने क्रममा भरुवा बन्दुक २ थान, रेड पान्डाको छाला १ थान, भालुको छाला र पन्जा १÷१ थान, निगाले बाघको छाला १ थान, मृगको छाला १ थान वरावद गरेको छ । त्यस्तै भरुवा बन्दुकममा प्रयोग हुने ब्यारोल २ थान र बन्दुकमा प्रयोग गरिने ४ सय ग्राम बारुद बरामद गरेको छ ।
भिडियोमा हेर्नुहोस बरामद भएका सामाग्रीहरु