पाँचथर, १२ असार
हेवाखोलामा आएको बाढीका कारण अवरुद्ध भएको मेची राजमार्गको पाँचथर— ताप्लेजुङ सडक १० दिन पछि डाइभर्सन गराएर सञ्चालनमा ल्याइएको छ ।
हेवाखोलामा रहेको पुलभनदा केही माथी खोलामा ह्युम पाइप राखी डाइभर्सन गराइएको छ ।
सवारी साधन यो खोला तर्न नसक्दा ताप्लेजुङ जिल्ला र पाँचथरका उत्तरी क्षेत्रमा रहेका ३ वटा गाउँपालिका सवारी सम्पर्कबाट विमुख बनेका थिए ।
अस्थायी डाइभर्सनबाट अहिललेलाइ सवारी सञ्चालनमा ल्याइएको र आगामी केही दिनमा बेलि ब्रिज निर्माण सम्पन्न गरिने सडक डिभिजन कार्यालय इलामका प्रमख विदुर पोख्रेलले जानकारी दिनुभयो ।
भिडियोमा हेर्नुहोस