बाली बिज्ञान र अंग्रेजी माध्यम सञ्चालनका लागि उत्साह, उर्लियो मानव सागर

२२ माघ पाँचथर
पाँतथर सदरमुकाम फिदिम ४ जोरसालमा सञ्चालित सुखबोध मावि जोरसालमा श्रीमद भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव शुरु भएको छ । विद्यालयमा बाली बिज्ञानतर्फ दश जोड दुईमा कक्षा सञ्चालन गर्नका साथै अंग्रेजी माध्यममा कक्षा १२ सम्म पठन पाठनका लागि पुर्वाधार तयारीका लागि स्रोत जुटाउने उदेस्यले महोत्सव शुरु गरिएको हो ।
पाँचथर सहित तेह«थुम, इलाम र ताप्लेजुङ जिल्लाका विद्यार्थीलाई कृषि विषयको अध्ययनका गर्ने वातावरण तयार गर्नुका साथै माझी र तामाङ समुदायका विद्यार्थीलाई अंग्रेजी माध्यममा अध्ययन अध्यापन लागि पुर्वाधार तयार गर्नुपर्ने आवस्यकता महशुष गर्दै विद्यालय व्यवस्थापन समितिले श्रीमद् भागवत महायज्ञ आयोजना गर्दै स्रोत जुटाउने निर्णय गरेको प्रधानाध्यापक पुष्पप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयले महायज्ञमा पाँच हजार भन्दा धेरै भक्तजनलाई निम्तो दिएको छ । महायज्ञमा आउने भक्तजनले उपलव्ध गराएको रकमवाट क्षयकोष स्थापना गरी सोको व्याजवाट दुवै विधाका कक्षा सञ्चालन गर्ने लक्ष लिइएको व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद श्रेष्ठले वताउनुभयो । महायज्ञवाट करिब एक करोड रुपैंया संकलन गर्ने लक्ष विद्यालयको छ । महायज्ञको उद्घाटन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ र फालेलुङ गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङले स्थानीय सरकारले महायज्ञमा यथासक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका नेताहरु,संघ सस्था प्रतिनिधि र शिक्षक विद्यार्थीको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा विद्यालयका पुर्व शिक्षक,व्यवस्थापन समिति अध्यक्ष र पुर्व प्रधानाध्यापकहरुलाई सम्मान पनि गरिएको थियो । भिडियोमा हेर्नुहोस
https://youtu.be/suo52gzxq1U

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार