नयाँ कुरो समाचार
झापा ११ मोफसलमा चर्चित फुटवल क्लब हो । सम्भवत नेपाली फुटवलमा अहिले सबैभन्दा धेरै दर्शकको मायाँ पाउने टिम पनी झापा ११ नै हो । सुदुरपश्चिमको खेल होस या काठमाणडौका अथवा पाँचथरको नै किन नहोस झापा ११ को समर्थनमा दर्शकको हुटिङ जोडले आउने गर्दछ । त्यही झापा ११ को कप्तानीको जिम्मा अहिले कर्ण लिम्बूले सम्हालिरहेका छन् । नेपाली फुटबलमा चिरपरिचित कर्ण लिम्बूको राष्ट्रिय टिमको अनुभव भने त्यती सुखद छैन् । तथापी कर्ण मोफसलका सर्बाधिक ब्यस्त खेलाडी हुन् । खेलेरै बाँच्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका कर्ण लिम्बूले आफ्नो खेल जीवन देखी थुप्रै विषयमा खुलेर कुराकानी गरेका छन् ।