पाँचथरमा एक किशोरी को विभत्स हत्या भएको छ । पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका वडा नं. ४ की १५ बर्षिया शितल योङहाङको हत्या भएको हो । स्थानीय विद्यालयमा कक्षा १० मा अध्यनरत शितल योङहाङ विद्यालय नजिकै मृत अवस्थामा घाटी काटिएको अवस्थामा फेला परेकी थिइन । साँझ विद्यालयबाट फर्किएर लुगा फेरेपछी आफु मेला पात मा लागेको आउँदा घरमा छोरी नदेखेको तर सधैपनी साथीभाइकोमा जाने भएकोले खासै खोजी नगरेको मृतककी आमाले सुनाउनुभयो । प्रारम्भिक अनुसन्धानबाट प्रेमीबाट हत्या भएको खुल्न आएको छ । उनका प्रेमी पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं. २ का पदम तामाङ उनका एक जना साथी भगिरथ बाँस्तोलालाई लिएर ४ दिन अगाडी प्रेमीकाको गाउँ गएका थिए ।

भर्खरै किशोरअवस्थामा प्रवेश गरेकी शितल र सोही उमेर समुहका पदम विच एक बर्ष अगाडी देखी फोन मार्फत बोलचाल हुदै आएको थियो । कक्षा १० पुगेपछी भेट्ने सहमती गरेका उनिहरुको केही समय अगाडी १ महिना जत्रि ब्रेकअप समेत भयो तर दुवै पुनः बोल्न थाले भेट्ने सहमती अनुरुप प्रमी करिब ५ घण्टाको बाटो प्रेमीकाका गाउँमा हानिए । तर अन्नत उनिहरुको प्रेम हत्यामा बदलिएको छ ।

पदम गाउँमा पुग्ने वित्तिकै शितल संग फोन र सिम साटेको खुल्न आएको छ । आमाले आफ्नो फोन मागिरहेको भन्दै शितलले प्रेमीलाई भनेपछी ति स्वयं फोन लिन आउ भनेर बोलाएको समेत उनकी दिदिले सुनाइन । त्यसपछी भने एकैचोटी शितलको शव मात्रै भेटियो । भिडियोमा हेर्नुहोस घटनाको पुरा विवरण