पाँचथर २७ बैसाख ।। पाँचथरको हिलिहाङ गाउँपालिका- ७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले ले जनाएको छ ।