पाँचथर २८ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा विजय हिमालय शेर्पा क्लब काठमाण्डौ सेमिफाइलनमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइलन खेलमा न्यू स्टार सुनसरीलाई ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै हिमालय शेर्पाले सेमिफाइलनको यात्रा पक्का गरेको हो ।
हिमालय शेर्पालाई जित दिलाउन विदेशी खेलाडी ड्याडी वाम्बाले २ तथा मनबहादुर तामाङ र विजय श्रेष्ठले १–१ गोल गरेका थिए । यस्तै सुनसरीको तर्फबाट दिनेश राइ, रोशन भुजेल र तिर्थ बस्नेतले १–१ गोल गरेका थिए । सुरुवाती चरणमै २ गोलले पछाडी परेको सुनसरीको खेलमा फर्किने प्रयास अन्तिम सम्म सफल हुन नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भएको हो ।

पाँचथर गोल्डकमा भोलीबाट सेमिफाइलनका खेलहरु सुरु हुनेछन् । भोली पहिलो सेमिफाइलन खेलमा डि.एफ.सी मोरङ र विजय युथ क्लब हेटौडा विच प्रतिष्पर्धा हुने छ भने आजको विजेता हिमालयन शेर्पाले पर्सि दार्जिलिङ भारत संग खेल्ने छ ।

प्रतियोगीताको यस सिजनमा १० टिम सहभागी भएका थिए । प्रतियोगितामा पहिलो पुरस्कार ४ लाख रुपैया र दोस्रो पुरस्कार २ लाख रुपैया रहेको छ । फाइलन खेल आगामी बैसाख २ गते हुनेछ ।