नयाँ कुरो समाचार ।।
नेकपा एमाले, पाँचथरले आसन्न प्रतिनिधि सभा निर्वाचन (फाल्गुण २१) का लागि उम्मेदवारहरूको नाम टुंग्याएको छ।
सुरुमा १० जनाले आकांक्षा व्यक्त गरे पनि अन्ततः जिल्ला कमिटीले ७ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको एमाले पाँचथरका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो।
एमाले पाँचथरले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेका नामहरूमा अइन्द्र सुन्दर नेम्वाङ, आशारत्न जवेगु, श्री प्रसाद जवेगु, राजकुमार भण्डारी, जेपी केरुङ, कृष्ण कुमार आङदेम्बे र खगेन्द्र बाँस्कोटा रहनुभएको छ ।
सिफारिस सूचीमा नपरेका सुरुका आकांक्षीहरूमध्ये डम्बर सिं सम्वाहाम्फे, गायत्री रिजाल र धनकुमार फियाकले स्वेच्छिक रूपमा नाम फिर्ता लिएको बुझिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पाँचथरबाट नेकपा एमालेका उम्मेदवार वसन्त कुमार नेम्वाङले ४६ मतान्तरले विजय प्राप्त गर्नुभएको थियो।






















