कात्तिक १९ गते।। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू. २५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू. दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू. दुई हजार ९९० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस






















