विद्यालय शिक्षा विधेयकविरुद्ध पाँचथरमा प्याबसनको आन्दोलन

नयाँ कुरो समाचार, पाँचथर

विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन) देशव्यापी आन्दोलनमा उत्रिएको छ।

सो आन्दोलन अन्तर्गत पाँचथरमा पनि स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

प्याबसन पाँचथरका अध्यक्ष नविन ओझाका अनुसार जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय पाँचथर र शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरमा ज्ञापनपत्र बुझाइएको हो।

फिदिम नगरपालिकासँगै शिक्षा विकास तथा समन्वय इकाइ पाँचथर र जिल्ला प्रशासनमा बुझाउँदा प्याबसनका केन्द्रीय सदस्य चन्द्र प्रसाद भट्टराई र प्याबसन जिल्ला कार्य समितिका पदाधिकारीहरूको उपस्थिती थियो।

यसअघि तुम्बेवा गाउँपालिकामा प्याबसन कोशी प्रदेश कार्य समितिका सदस्य गणेश भण्डारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो।

“निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने” भन्ने प्रावधान हटाउनु पर्ने , “पूर्ण छात्रवृत्ति” शब्द र त्यससँग सम्बन्धित सबै निःशुल्क सुविधा हटाउनु पर्ने, हालको १०% छात्रवृत्ति दिने व्यवस्था कायम राख्नु पर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने लगायतका माग राखेर प्याबसन आन्दोलनमा उत्रिएको हो ।

अध्यक्ष ओझाका अनुसार “माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु गरिने छ ।

” प्याबसनले आन्दोलनलाई शान्तिपूर्ण र चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ।

यस्तो छ प्याबसनको आन्दोलनको तालिका

  • साउन २९ – स्थानीय तहका मेयर/अध्यक्ष र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र। (पाँचथरमा सम्पन्न)

  • साउन ३० – जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला समन्वय समिति। (पाँचथरमा सम्पन्न)

  • भदौ १ – प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र।

  • भदौ २ – संघीय सांसदलाई ज्ञापनपत्र, राष्ट्रिय परिषद्को जुम बैठक।

  • भदौ ३–५ – स्थानीय, जिल्ला, प्रदेश तहमा तयारी बैठक।

  • भदौ ६–७ – केन्द्र र प्रदेशमा अन्तरक्रिया, दोस्रो चरणको रणनीति घोषणा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार