नयाँ कुरो समाचार ।। गत श्रावण १६ गते राती फिदिम बाट एउटा बाइक हरायो ।
जिल्ला बन कार्यालयको गेट अगाडी पार्किङ गरेर राखेको कमल घिमिरेको नाममा रहेका प्र.१—०३—००१प—०७११ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
राती सिसि क्यामेराको आधारमा बाइक शिवालयबाट लुङरुपा जाने सड्क तर्फ गएको भन्ने प्रारम्भीक अनुमानका आधारमा त्यस क्षेत्रमा प्रहरीले खोजी कार्य लाइ ब्यापक बनाएको थियो ।
त्यस क्षेत्रका २ जना यूवालाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान समेत गरिएको थियो । प्रहरीले त्यस क्षेत्रमा कुद्ने ८८ वटा २ सय २० सीसी पल्सर बाइकलाइ प्रत्यक्ष निगरानीमा राखेको र अनुसन्धान समेत गरेको थियो ।
तर घटनाको सुइ अर्कै तर्फ मोडियो । प्रहरीकै हिरासतमा अर्कै मुद्धामा पक्राउ परेर बसेको फिदिमका करण मगरले नै बाइक चोरेको प्रमाण प्रहरीले प्राप्त गर्यो ।
शुक्रबार बेलुका बाइक चोरेका करण मंगलबार अर्कै मुद्धामा पक्राउ परेका थिए ।
उनको साथमा हिलिहाङका सन्दीप लावती समेत संलग्न रहेको खुलेपछी प्रहरीले उनलाइ समेत खोजी सुरु गरेको थियो ।
इलाम आफन्तकोमा रहेको जानकारी पाएपछी प्रहरी इलाम पुग्दा सन्दीप भने फिदिम आइसकेका थिए । उनलाइ श्रावण २४ गते प्रहरीले फिदिमबाट नियन्त्रणमा लिएको थियो ।
उनिहरु पक्राउ परेपनी बाइक उनिहरुको साथमा थिएन् ।
“हामीहरु मातेको थियौं, बन कार्यालय अगाडीबाट बाइक निकालेर तमोर करिडोर हुदै नाँवा खोलाको झोलुङ्गे पुल तरेर केही पर पुगेपछी बाइक विग्रियो र त्यही छोडेर हिडेका थियौ ।” भन्ने उनिहरुको बयानलाइ थप जाँच गर्दा सत्य रहेको निश्कर्षमा प्रहरी पुगेको थियो ।
बाइकलाइ त्यही छाडेर उनीहरु भेडेटार हुँदै इलाम आएका थिए । सन्दिप इलाममै बसेका थिए भने करण फिदिम आए लगत्तै अर्को घट्ना घटाइ प्रहरी हिरासतमा पुगेका थिए ।
बाइक त्यही छोडको भन्ने सूचनाका आधारमा बाइक रहेको स्थानमा प्रहरी पुग्दा त्यहाँ मोटरसाइकल भेटिएन् । स्थानीयले केही समय सडकमा देखेको मोटरसाइकल प्रहरी त्यहाँ पुग्दा गायब भैसकेको थियो ।
त्यस गाउँमा पुन: प्रहरी परिचालन भयो ।
बिग्रिएर छाडेको ठाउँबाट समेत धनकुटा चौविसेका कुमार तामाङले बाइक चोरी गरि तेह्रथुममा रहेको उनको मामा घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले आज चोरीको बाइक पुन: चोरी गर्ने कुमार तामाङ सहित मोटरसाइकललाइ फिदिममा ल्याइपुर्याएको छ ।
घटना संलग्न सबैको पहिचान भैसकेकोले मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुडाथोकीले जानकारी दिनुभयो ।






















