नयाँ कुरो समाचार ।। जिल्ला प्रहरी कार्यालय पाँचथर कोशी प्रदेशकै उत्कृष्ट भएको छ।
आर्थिक वर्ष 0८१/८२ मा भएको कार्यसम्पादन सम्झौताको वार्षिक मूल्याङ्कन गर्दा कोशी प्रदेशका १४ जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पाँचथर ९४.८२ अङ्कका साथ प्रथम भएको हो ।
उत्कृष्ट कार्यालय प्रमुखको रुपमा समेत पाँचथर प्रहरी प्रमुख कौशल कुमार बुढाथोकी प्रशंसित हुनुभएको छ ।
प्रत्येक आर्थिक बर्षमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच लागि वार्षिक कार्य सम्पादन सम्झौता भएको हुन्छ ।
सोही सम्झौता अनुसारका कामहरु जिल्ला प्रहरी कार्यालय पाँचथरले अन्य जिल्लाको तुलनामा उत्कृष्ट रुपमा सम्पन्न गरेको हो ।
सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीलाई प्रदेश प्रहरी प्रमुखले बधाई सहित प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।
साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा भएको वार्षिक कार्य सम्पादन प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले २०८१ श्रावण महिना देखि २०८२ असार मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको प्रगति विवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गरेका थिए । सोही आधारमा पाँचथर प्रथम भएको हो ।






















