नयाँ कुरो समाचार ।। सेफ्टी टेंकी भित्र कामदार बेहोस भएका छन् ।
इलाम र पाँचथरको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा निर्माण हुदै गरेको सहकारीको भवनको सेफ्टी टेंकी भीत्र कामदारहरु बेहोस भएका हुन् ।
बेहोस भएका ४ जना कामदार मध्ये ३ जनाको अवस्था गम्भिर रहेको स्थानीयले जानकारी दिएका छन् ।
फाल्गुनन्द गाउँपालिका वडा नं. ५ मा घुर्बिसे पञ्चमी बचत चता ऋण सहकारी संस्थाको नयाँ भवन बन्दै थियो । सो भवनको प्रयागको लागी बन्दै गरेको शौचालयको सेफ्टी टेंकी भित्र सर्टिङ खोल्ने क्रममा कामदारहरु बेहोस भएको बताइएको छ ।
बेहोस हुनेहरुमा ३५ बर्षिय रतन चेम्जोङ, ४० बर्षिय विरु चेम्जोङ, २४ बर्षिय भीष्म चेम्जोङ र ३० बर्षिय सन्तोष चेम्जोङ रहनुभएको छ ।
सन्तोषको अवस्था सामान्य रहेको छ भने अन्य ३ जनालाइ थप उपचारको लागी झापा तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।
अध्याँरो साँघुरो कोठामा काम गर्ने क्रममा कामदार बेहोस भएको बुझिएको छ । संगै काम गरिरहेका अन्यले खबर गरेपछी स्थानीय, प्रहरी तथा स्काभेटरको समेत प्रयोग गरेर उद्धार गरिएको थियो ।






















