नयाँ कुरो समाचार ।।
शनिबार राती फिदिम स्थित बाटिका होटलमा भएको सामुहिक जवरजस्ति करणी प्रकरणमा चिनेकै मान्छेले बोलाएपछी युवती होटल पुगेको खुलेको छ ।
युवतीले जाहेरी दिएका मध्ये पाँचथर कुम्मायक ४ का उमेस तामाङ संग पुरानै चिनजान रहेको पाइएको छ ।
उनै तामाङको विश्वास गरेर होटल पुग्दा आफू सामुिहक बलत्कारमा परेको भन्दै युवतीले जाहेरी दिएकी हुन् ।
होटलमा पुगेपछी उनीहरुले कोठामै २ बोत्तल “बाह्रसिंगे वियर” अर्डर गरेको खुलेको छ ।
मध्यरातमा संगै बसेको यूवाले होटलको सटर खोल्न लगाएर यूवतीलाइ सडकमा छाडिदिएका थिए ।
गस्तीमा रहेको प्रहरी टोली मार्फत युवतीले सहयोगको याचाना गरेकी थिइन् ।
यस प्रकरणमा विवश खड्का झापा, अंकित शर्मा झापा, अनिल योङहाङ पाँचथर, संजय तामाङ पाँचथर, र उमेश तामाङ पाँचथर प्रकाउ परिसकेका छन् ।
प्रहरीले उनीहरुलाइ मुद्धा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ ।






















