नयाँ कुरो समाचार ।। फाल्गुनन्द गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय तहमा ब्यवसाय दर्ता–नविकरण, कर सम्वन्धि आधारभुत विषयहरुका साथै आर्थिक अध्यादेश–२०८२ ले कर सम्वन्धमा प्रदान गरेका छुट सुविधा लगायतका बिषयहरुमा फाल्गुनन्द गाँउपालिकाका मुख्य व्यापारीक केन्द्र राँके बजार र घुर्विसे पंचमी बजारका उद्यमी व्यवसायी एवं करदाता महानुभावहरुलाई करदाता शिक्षा प्रदान गरिएको हो।
राँके बजार तथा घुर्विसे पंचमी फाक्तेप बजार व्यवस्थापन समितिको समन्वयमम २०८२ असार १४ गते घुर्विसे राँके र घुर्विसे पंचमीमा भएको छुट्टा छुट्टै कार्यक्रममा करदाता सेवा कार्यालय फिदिमका कर अधिकृत श्री वद्रि प्रसाद भेटवालले सहजिकरण गर्नु भएको थियो ।
राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्ट को अध्यक्षतामा राँके वजारको रेडक्रस शोसाईटीको सभाहल र घुर्विसे पंचमी वजार व्यवस्थापन समितिका अध्यक्ष श्री देवी चन्द्र आङदेम्बेको अध्यक्षतामा फाक्तेप आयुर्वेद अस्पतालको सभाहलमा सम्पन्न भएको कार्यक्रममा आय कर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क साथै विद्यमान् कर कानुन सो सम्वन्धमा उद्यमी व्यवसायी एवं करदाताले न्युनतम् पालना गर्नु पर्ने नियमहरुका बारेमा छलफल तथा अभिमुखीकरण गराईएको थियो ।
त्यस्तै व्यापार व्यवसाय गरिरहेका तर करको दायरामा नआएका उद्यमी व्यवसायी एवं करदातालाई करको दायरामा आएर आफ्नो व्यापार व्यवसाय बैधानिक वनाउन आग्रह गरिएको थियो । उक्त कार्यक्रममा उद्यमी व्यवसायीहरुले झेल्नु परेका समस्याहरुका बारेमा छलफल तथा अन्तरत्रिलया समेत भएको थियो ।
सबै उद्यमी व्यवसायी एवं करदातहरुलाई स्थानिय स्तरमै करका विषयहरुमा जानकारी गराई कर सम्वन्धमा रहेका अन्यौलता हटाउन र करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा आउन प्रोत्साहन र सहजिकरण गर्दै आवस्यक सहयोग पुर्याउने उद्धेश्यले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालका सचिव भिम बहादुर कार्कीले जानकारी दिनु भयो ।
जसका कारण करको दायरामा नआएकालाई करको दायरामा आउन र करको दायरामा आएका करदातालाई कारोवार व्यवस्थापन सम्वन्धमा थप सरलता भएको छ । स्थानीय उद्यमी व्यवसायी एवं करदाता, जनप्रतिनिधि, कर्मचारी एवं संचारकर्मी समेतको उपस्थितिमा फाल्गुनन्द गाँउपालिकाको राँके वजार र घुर्विसे पंचमीमा भएको छुट्टा टुट्टै कार्यक्रममा १ सय ८५ भन्दा धेरै करदाता लाभान्वित भएको थिए ।






















