दोब्बर भन्दा धेरैले बढ्यो पाँचथरको एसइइको नतिजा, फिदिम मावीका छात्र जिल्लाकै उत्कृष्ट

खबिन लुइटेल । पाँचथर जिल्लाबाट एसइइमा सहभागी भएका विद्यार्थी मध्ये ५८.८१ प्रतिशत विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउने भएका छन् ।

शुक्रबार प्रकाशित एसइइ को नतिजा अनुसार पाँचथरका नियमित तर्फ ५८.८१  प्रतिशत विद्यार्थी र प्राविधिक तर्फ ५०.२९ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका हुन् ।

पाँचथरको फिदिम मावीका छात्र निरज सुवेदीले ३.९६ जिपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

पाँचथर जिल्लाबाट २ हजार १ सय ४९ जना विद्यार्थी नियमित तर्फ एसइइमा सहभागी थिए भने १ सय ६९ जना विद्यार्थी प्राविधिक धार तर्फ एसइइमा सहभागी थिए ।

नियमित तर्फ १ हजार २ सय ६४ जना ग्रेडेड भएका हुन भने प्राविधिक धार तर्फ ८५ जना विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् ।

गएको बर्ष जिल्लामा पाँचथर जिल्लाबाट एसइइ परिक्षामा २६.४२ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

यो बर्ष गएको बर्ष भन्दा दोब्बर भन्दा धेरै विद्यार्थी ग्रेडेड भएका हुन् ।

यो बर्ष नियमित तर्फ पाँचथरबाट ३४ जनाले ए प्लस, २ सय २८ जनाले ए ४ सय ५८ जनाले वी प्लस ४ सय ६९ जनाले वी र ३५ जनाले सि प्लस नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरले जानकारी दिएको छ ।

प्राविधिक धार तर्फ ५ जनाको ए प्लस, ३० जनाको ए, ३८ जनाको वी प्लस र १२ जनाको वी ग्रेडिङ प्राप्त भएको छ ।

जिल्लाका केही विद्यालयको नतिजा “शुन्य” समेत रहेको पाइएको छ । यो समाचार तयार पर्दा सम्म हिलहिाङ गाउँपालिकाका २ वटा विद्यालय सरस्वती मा.वी. र जोरपोखरी मा.वी.को नतिजा शुन्य रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार