घट्यो सुनको भाउ

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको मूल्य प्रतितोला ३२ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४० किनबेच भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार