पाँचथरका सिडिओको सरुवा, को आउने भन्ने टुङ्गो छैन् !

खविन लुइटेल ।  पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाको सरुवा भएको छ । विपतको काम र नजिकिदो बर्षादलाइ वे वास्ता गर्दै गृह मन्त्रालयले  पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । आगामी जेष्ठ २० गते कोइराला पाँचथर आएको १ बर्ष पुग्दैछ ।

गएको बर्षको बाढी पहिरोले भत्काएका संरचना पुन निर्माण र jविपतका अन्य काममा समेत प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका हुने गर्दछ । तर को आउने भन्ने टुंगो नभइकनै गृह मन्त्रालयले ‘टिआईए’ अध्यागमन कार्यालय प्रमुखमा पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाइ पठाएको हो ।

गएको बर्षको बर्षादले निम्त्याएको विपत्तीबाट जिल्ला बाहिर निस्कन सकेको छैन् ।

पाङ्ग्रे भीरको पहिरो, रमितेको पहिरो लगायत पाँचथर सडक खण्डमा थुप्रै काम भैरहेको छ भने हेवा खोलामा बेलिब्रिज बन्दै छ, फेमे खोलामा बेलिब्रिज बन्न बोलपत्र आह्वान भएको छ ।

प्रमुख जिल्ला अधिकारी विहिन अवस्थामा निमित्तले सबै निर्णय गर्न अप्ठ्यारो हुने जानकार बताउछन् । नजिकिदो बर्खा र सम्भावित जोखिमको मुल्याङन नगरी गृह मन्त्रालयबाट भएको सरुवाले जिल्लाका काम प्रभावित हुने सरोकारवालाको ठम्याइ छ ।

हाल गृह मन्त्रालयमा सहसचिव प्रेमप्रसाद भट्टराईलाई ४ महिनादेखि जगेडामा राखिएको छ। बागमती प्रदेशबाट भित्रिएका सहसचिव सुरेन्द्र पौडेल ३ महिनादेखि गृहको बरण्डामै ‘घाम तापिरहेका’ छन्। शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा २ महिनादेखि गृहको बरण्डामा हल्लिरहेका छन्। सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृह मन्त्रालयमा ‘बेरोजगार’ देखिन्छन्।

गृह मन्त्रालय कर्मचारी खटनपटनमा कमजोर देखिँदै आएको छ। पाँचथरका सिडिओ कोइरालालाई अध्यागमन खटाइए पनि पाँचथरमा नयाँ सिडिओ पठाइएको छैन।

बर्खाको समयमा जिल्ला “निमित्तको भरमा” छाड्ने अवस्था सृजना गरेर पुन गृहले कमजोरीपन देखाएको सरोकारवालाको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार