फिदिममा प्रचण्डका “१२ कुरो”

खविन लुइटेल ।।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्नुभएको छ । नेकपा माओवादी केन्द्र पाँचथरले आयोजना गरेको सभामा प्रचण्डले मुख्य रुपमा निम्न १२ वटा कुराहरु बताउनुभयो :

१. २५ गतेको कार्यक्रम २७ गते सर्दा जनता नआउलान की भन्ने चिन्ता : लाँकुरी भञ्ज्याङ स्थित रिसोर्टमा लडेर घाइते भएपछी फिदिमको कार्यक्रम सरेको थियो । २५ गते भनिएको कार्यक्रम २७ गते भएको र हेलिकप्टरबाट हेर्दा खालि कुर्सी मात्रै देखेपछी चिन्तित भएको तर जनताको उपस्थितीले देसभरीलाइ सन्देश दिएको प्रचण्डको भनाइ थियो ।

२. मध्यपहाडी लोकमार्ग मेरो कल्पना हो, पाँचथरको विकासमा यस्को ठुलो योगदान छ : आफु पहिलो पल्ट प्रधानमन्त्री हुँदा आफुले मध्यपहाडी लोकमार्ग प्रस्ताव गरेको प्रचण्डको दावी थियो ।

३. आफुहरुले लोडसेडिङ हटाएको दावी : आफुले जर्नादन शर्मालाई उर्जा मन्त्री र कुलमान घिसिङलाई विधुत प्राधिकरण सिइयो बनाएपछी लोडसेटिङ हटाउन सफल भएको  प्रचण्डको भनाइ थियो ।

४. बर्तमान सरकार भिजेको विरालो जस्तो भएको छ, आफ्नै कुकर्मको कारण ढल्छ : बर्तमान सरकार भिजेको बिरालो जस्तो भएको प्रचण्डको दावी छ । आफुहरु सरकार ढाल्ने अभियानमा नरहेको भन्दै यो सरकार आफ्नै कुकर्मको बोझले ढल्ने प्रचण्डको तर्क थियो ।

५. माओवादीलाई कसैको बैसाखी चाहिदैन, अब एक्लै चुनाब लड्छ : २०८४ को चुनावलाइ लक्षित गर्दै माओवादीलाइ कसैको बैसाखी नचाहिने प्रचण्डको दावी थियो । आफुहरुले जहिल्यै अर्कोलाई ठुलो बनाउन सहयोग गरेको तर अरुहरुले आफुलाइ सकाउन सडयन्त्र गरेको आरोप लगाउनु भयो । फेरी एक पल्ट २०६४ मा जस्तै चुनाबमा जाने उहाँको दावी छ ।

६. कांग्रेस र एमाले आफ्नो बुद्धिले मिलेको हैन्, दलालहरुलले होटलमा मिटिङ राखेर मिलाइदिएको हो : बर्तमान सरकार दलालका कारण बनेको प्रचण्डको ढिपी थियो । दलालहरुलले होटलमा मिटिङ राखेर कांग्रेस र एमाललाइ मिलाइदिएको प्रचण्डको भनाइ छ । यो सरकारको राम्रो काम गर्ने उद्देश्य नभएको र नराम्रो जती केही गर्न बाँकी नराखेको प्रचण्डको भनाइ थियो ।

७. सरकारमा आफु फर्किएपछी भ्रष्टाचार विरुद्धको नयाँ लडाइ लड्ने : सरकारमा आफु फर्किएपछी भ्रष्टाचार विरुद्धको नयाँ लडाइ लड्ने र त्यसको लागि जनतालाइ साथ दिन आग्रह गर्नुभएको छ ।

८. उपनिर्वाचन र स्ववियु निर्वाचनमा माओवादी १ नं. बनेको र त्यसले आगामी भविष्य देखाएको उहाँको भनाइ थियो ।

९. मेरो ठाउँबाट ९९ प्रतिशत मुख्य मन्त्री इन्द्र आङबो मौसम भैसक्नुभएको तर प्राविधिक काँरणले मात्र हुन नपाउनु भएको भन्दै पाँचथरले प्रदेसको नेतृत्व गर्ने अवसर पाउने र त्यसको लागि आफु तयार रहेको बताउनु भयो ।

१०. आगामी २ गते बाट बैतडीबाट सुरु हुने माओवादीको मध्यपहाडी लोकमार्गको जागरण यात्रा आजै बाट सुरु भएको उद्घोष गर्नुभयो ।

११. प्रदेसको नाम संशोधन गर्ने : पहिचानको मुद्धामा माओवादीले कमजोरी गरेको भन्दै जसरी उठाउनु पथ्र्यो, त्यो गर्न नसेकेको भन्दै आगामी दिनमा गल्ति नदोहोयाउने र कोसी प्रदेशको नाम पहिचानको आधारमा संशोधन गर्न माओवादीलाइ मतदान गर्न आग्रह गर्नुभएको छ ।

१२. माओवादीको लहर देसैभरी बढ्दो छ । उप निर्वाचन होस या उत्तर दक्षिण यात्रा होस नागरिकहरु माओवादीमा प्रवेश गर्ने लहर बढेको र आफ्ना नेतृत्वको आदेष विपरित कांग्रस एमालेका पालिका प्रमुखहरु आफूलाइ स्वागत गर्न आएको उहाँको दावी थियो

प्रचण्डले सामाजिक सुरक्षा कोष आफ्नो कल्पना रहेको भन्दै अवको यात्रा सुशासन र भ्रष्टाचार विरुद्धको यात्रा मा केन्द्रित रहने बताउनुभएको छ ।

माओवादी केन्द्रले आयोजना गरेको सभामा पार्टीका उपमहासचिव हरिबोल गजुरेल, कोसी प्रदेश अध्यक्ष हर्क नेम्वाङ तथा कोसी प्रदेसका संसदिय दलका नेता इन्द्र आङबो मौसम लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार