
नयाँ कुरो समाचार ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्ने हुनुभएको छ । बैसाख २५ गते नेकपा माओवादी पाँचथरले आयोजना गरेको जनसभालाइ सम्बोधन गर्न प्रचण्ड पाँचथर आउन लाग्नुभएको हो । सरकारका वेथिती विरुद्ध साथै लोकतन्त्र र गणतन्त्रको पक्षमा पाँचथर माओवादीले शक्ती प्रदर्सन गर्न लागको हो ।
फिदिम मावीको खेलमैदानमा आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा रहेका प्रचार प्रसार समितिका संयाेजक दिनेस लावतीले जानकारी दिनुभयो ।
पाँचथर प्रदेस सभा ख का प्रदेस सांसद तथा माओवादी केन्द्रका नेता इन्द्र आङवो मौसमले सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन दवाद दिने उद्धेश्यले कार्यक्रमको आयजना गरिएको बताउनुभयो । बर्तमान सरकार असफल भैसकेकोले कहिले ढल्न मात्रै बाँकी रहेको उहाँको तर्क थियो ।
सरकारलाइ विकास, विपद, सुसान र सेवा प्रवाहमा कतै नभेटिएको भन्दै अवको बिकल्प मध्यावधी रहेको उहाँले तर्क गर्नुभयो ।
२५ गतेको आमसभालाइ प्रचण्ड सहित हरिबोल गजुरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र पाँचथरले जानकारी दिएको छ ।