
नयाँ कुरो समाचार ।। पाँचथरमा जारी वाइवाइ अन्तराष्ट्रीय आमन्त्रण पाँचथर गोल्डकपमा ए डिभिजन मच्छिन्द्र क्लबले सेमिफाइलनको यात्रा तय गरेको छ ।
फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब लाई मच्छिन्द्रले २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा मच्छिन्द्रको तर्फबाट बिदेशी खेलाडी स्टेफिनले २७ ओैं मिनेटमा र जय गुरुङले ३० ओैं मिनेटमा गोल गरे ।
खेलको ९० मिनेटमा हिमालयन शेर्पाका सुजन सेन्ताङले सान्तवना गोल फर्काएका थिए ।
आजको खेलमा मच्छिन्द्रका बिशाल घलान म्यान अफ दि म्याच घोषित हुदै नगद ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
पाँचथर गोल्डकपको पाचौ संस्करणका विजेताले ११ लाख १ हजार, तथा उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ए डिभिजनका ४ क्लबसहित ८ टोली सहभागी छन् ।
प्रतियोगितामा मंगलबार हुने खेलमा नेपाल पुलिस र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको फाइनल खेल आगामी चैत्र २ गते हुने छ ।
पूर्वी पहाडी जिल्लाको हाल सम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यो प्रतियोगिताको प्रवर्द्धकको रुपमा फिदिम नगरपालिका पाँचथर रहेको छ भने पाँचथर क्लब पाँचथरले आयोजना गरेको हो ।